राष्ट्रपति चुनावमा रुसले देखाएको चासोबारे आगामी साता खुलासा गरिने

- वासिंटान, २२ पुस ।
अमेरिकी गुप्तचर विभागका प्रमुख जनरल जेम्स क्लेपरले रुसले अमेरिकी राष्ट्रपतिको चुनावमा दिएको चासोबारे खुलासा गर्ने बताएका छन् ।
अमेरिकी चुनावका बेला भएको भनिएको रुसी हस्तक्षेपका बारेमा क्लेपरले राष्ट्रपति बाराक ओबामालाई प्रतिवेदन बुझाएका छन् ।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डेमोक्रेटिक पार्टीका ईमेल लिक गर्न आदेश दिएको र यसका पछाडिको उद्देश्य आगामी हप्ता खुलासा गर्ने बताए ।
यसअघि उनले रुसी ह्याकिङका बारेमा केही बताएका थिएनन् । सिनेटको सैन्य समितिले यसबारेमा सुनुवाई गरिरहेको छ । यसको नेतृत्व रिपब्लिकन सिनेटर जोन मेक्केनले गरिरहेका छन् ।
अमेरिकी चुनावमा हस्तक्षेप गरेको आरोप लगाउँदै अमेरिकाले रुसका ३५ जना कूटनीतिज्ञलाई देश निकाला गरिसकेको छ ।
गुप्तचर विभाग प्रमुख क्लेपरले रुसले अमेरिकामा विभिन्न भ्रम, गलत सूचना र झुठो खबर फैलाएको बताएका छन् । (एजेन्सी)
प्रतिकृया दिनुहोस्
Loading...
