आफुले कलेजमा लगाएको ताला तोडिएपछि क्रान्तिकारीले तोड्यो ल्याण्ड क्रुजर गाडी

  • इमान्दार मिडिया संवाददाता
  • काठमाडौं, ११ माघ ।

नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी) चितवन मेडीकलको गाडीमाथि तोडफोड गरेको छ । मंगलबार हरिश न्यौपानेले चलाएको  बा, १० च ७५६४ नम्बरको ल्याण्ड क्रुजर गाडीमाथि कलेजपरिसरमै तोडफोड गरेको हो । 

चिकित्सा क्षेत्रको शैक्षिक सुधारको माग राख्दै गत मंसिर २९ गते देशभरका मेडीकल कलेजहरुका प्रशासन शाखामा अखिल (क्रान्तिकारी)ले तालाबन्दी गरेको थियो ।

तर चितवन मेडिकल कलेजले प्रहरीको सहयोगमा ताला तोडेपछि क्रान्तिकारीले जनकारवाहीस्वरुप गाडीमा तोडफोड गरेको बताएको छ । कलेजले आफ्नो संगठनको संघर्षप्रति लापरबाही गरेको, संगठनसँग भएको सहमति कार्यान्वयन नगरेको तथा मजदुरमाथि चरम दमन गरेको भन्दै आफूहरुले कारवाही गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

अखिल क्रान्तिकारी केन्द्रीय समिति (मेडिकल बिभाग)ले मंगलबार एक विज्ञप्ति जारी गर्दैमेडिकल कलेजमाथि आफुहरुले कारवाही गरेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ' चिकित्सा क्षेत्रको शैक्षिक सुधारको माग राख्दै गत २०७३ मंसिर २९ गते देशभरका मेडीकल कलेजहरुका प्रशासन  शाखामाअखिल (क्रान्तिकारी)ले तालाबन्दी गरेको थियो । तर चितवन मेडिकल कलेज प्रशासनले प्रहरी प्रशासनको आडमा, गुण्डागर्दी शैलीमा संगठन र संघर्षको अपहेलना हुनेगरी ताला फोडेकोप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।'

हेर्नुहोस् विज्ञप्ति




,

प्रतिकृया दिनुहोस्

Loading...