जम्मु काश्मिर हुँदै आएको पश्चिमी वायूले देशभर चिसो बढ्यो, कतै असिना त कतै बर्षा र हिमपात

जम्मु काश्मिर हुँदै भूमध्य सागरबाट आएको पश्चिमी वायूको प्रभावका कारण देशभर चिसो बढेको छ । सोमबार पनि पश्चिम र पूर्वी पहाडी जिल्लामा हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।
शनिबार र आइतबारको हिमपातका कारण पहाड र हिमालीक्षेत्रको जनजीवन प्रभावित भएको छ । उत्तरी धादिङको विभिन्न क्षेत्रमा असिना पानी परेको छ भने केही भागमा हिउँ परेको छ । दार्खा, झार्लाङ, सत्यदेबी, रि सेमजोङ गाविसमा असिनापानी परेका कारण जनजीवन प्रभावित भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा जोमसोममा ९ मिलिमिटर पानी परेको छ । जिरी र काठमाडौंमा हल्का पानी परेको छ । मौसमविद् बरुण पौडेलले मंगलबारदेखि मध्य र पश्चिमी क्षेत्रमा मौसम खुल्ने अनुमान गरिएको जानकारी दिए । पूर्वमा भने पश्चिमी वायुको प्रभाव केहीदिन रहने उनले बताए । यस्तै काठमाडौंमा आइतबार यसवर्षकै चिसो भएको छ ।
आज आइतबार काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् वरुण पौडेलले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...
