संसद बैठकअघि शीर्ष नेताहरुको छलफल, ‘घम्साघम्सी हुँदैन’

- काठमाडौं, १८ पुस ।
व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक दर्ता भएपछि उत्पन्न गतिरोध अन्त्यका लागि तीन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल हुने भनिएपनि समय भने तय भएको छैन ।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक बस्नुअघि नै शीर्ष नेताको बैठक बस्ने तयारी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

आइतबार एमाले र माओवादी केन्द्रबिच भएको छलफलमा आउँदो मंसिरसम्ममा तीनवटै चुनाव सक्नेगरि अघि बढ्ने मोटामोटी सहमति भएपछि त्यसलाई थप छलफल गरि टुंग्याउन सोमबार शीर्ष नेताको बैठक बस्ने तय भएको नेताहरुले बताएका छन् ।
संसद बैठकअघि सभामुख ओनसरी घर्तीले पनि दलका सचेतकहरुसँग छलफल गर्नुहुने उनको निजी सचिवालयले जनाएको छ । अवरोधकाबिच संशोधन प्रस्ताव अघि बढाउनुपर्ने सत्तारुढ दलको दबाब र कुनै हालतमा अघि बढ्न नदिने विपक्षी दलको अडानका कारण उत्पन्न हुन सक्ने अवस्थालाई ध्यान दिंदै सहमतिको प्रयास भएको हो ।
बाहिर चर्चा भएजस्तो संसदमा घम्साघम्सीको अवस्था नआउने नेताहरुको भनाई छ । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच आइतबार भएको छलफलमा पनि संसदमा असहज अवस्था आउन नदिने सहमति भएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...