भारतमा बेचिएका २६ महिलाको उद्दार



  • काठमाडौं, १७ पुस ।

भारतको विभिन्न ठाउँमा श्रम तथा यौन शोषणमा परेका २६ जना नेपाली महिलाको उद्दार गरिएको छ । 

श्रम तथा यौन शोषणमा परेको गोप्य सूचनाका आधारमा भारतीय प्रहरी र गैरसरकारी संस्थाको सहयोगमा माइती नेपाल नेपालगंजले उद्दार गरी उनीहरुलाई नेपाल फर्काएको हो ।

सन् २०१५ मा १६ जनाको उद्दार भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सन् २००२देखि २०१६ सम्म भारतलगायतका देशबाट श्रम तथा यौन शोषण्मा परेका एक सय ७६ जनाको उद्दार गरी नेपाल फर्काइएको माइती नेपाल नेपालगंजले जनाएको छ । उद्दार गरिएकामध्ये धेरैजसो भारतमा बेचिएकाहरु छन् ।

खोजतलासका लागि सन् २०१६मा निवेदन परेका सात सय ३१मध्ये एक सय १३ जना फेला परेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...