स्पष्टीकरण सुशील ज्ञवालीलाई होइन सरकारलाई सोध्नुपर्छ - काँग्रेस
- काठमाडौं, २१ पुस ।
प्रमुख विपक्षी दल नेकपा एमालेले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुखलाई नभई सरकारलाई स्पष्टीकरण सोध्नुपर्ने टिप्पणी गरेको छ । कार्यकारी प्रमुखलाई हटाउनुपर्ने वा स्पष्टीकरण सोध्नुपर्ने कुनै कारण नरहेको समेत एमालेको दाबी छ ।
सरकारले हालै मात्र प्राधिकरणका सिईओ सुशील ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो र, उनले बुधबार मात्र जवाफ दिएका छन् ।
प्रधानमन्त्री अध्यक्ष रहेको प्राधिकरण निर्देशक समितिका उपाध्यक्ष समेत रहेका एमाले नेता भीम रावलले सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको उदासिनता तथा असहयोगका कारण प्राधिकरणले काम गर्न गाह्रो भएको दाबी गरे । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले प्राधिकरणको सिईओमा नियुक्त गरेका ज्ञवालीको रावलले बचाउ गरेका छन् ।
प्राधिकरणले ओली सरकारकै पालाको तयारी अनुरुप पहिलो किस्ता भूकम्प पीडित जनतालाई ५० हजार वितरण गरे पनि त्यसयता लगातार सरकारले प्राधिकरणलाई काम गर्न नदिएको जानकारी आफूले पाएको रावलले बताए ।
उनले प्राधिकरण प्रमुखलाई नभर्इ, काममा अवरोध गर्ने मन्त्रालयका व्यक्तिहरुलाई हटाउनुपर्ने बताए । राजनीतिक पुर्वाग्रह राखेर सरकार भूकम्प पीडितको पक्षमा काम हुन नदिने गलत मनसायमा रहेको आरोप रावलले लगाए ।
सरकारले भने सिईओ ज्ञवालीमाथि निर्देशक समितिले दिएको निर्देशनहरु कार्यान्वयन नगरेको, सरकारी निकायहरुबीच समन्वय गरेर काम गर्न नसकेको लगायतको आरोप लगाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
