डराइ-डराइ प्रधानमन्त्री प्रचण्डलाई भेट्दै मधेसी मोर्चाले


  • काठमाडौं, २१ पुस।

पछिल्लो राजनीतिक परिस्थितिबारे मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार दिउँसो ३ बजे भेटवार्ता हुने मोर्चाका नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतको फैसला पछि पनि नेकपा एमालेले सीमांकन हेरफेरको फिर्ता लिन सरकारलाई दबाव दिइरहेका बेला मोर्चाका नेताहरुले प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन् ।

मोर्चाको बुधबार बसेको बैठकले सीमांकनको प्रस्ताव फिर्ता लिन नहुने र यसलाई संसदबाट पारित गरिनुपर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीलाई यही विषयमा दबाव दिनका लागि बालुवाटार जान लागिएको मोर्चाका नेताको भनाइ छ ।

मधेसी मोर्चाले संविधानको धारा २७४ नै खारेज गरेर भए पनि संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने मोर्चाको अडान छ ।

प्रधानमन्त्री प्रचण्ड एमालेको शर्त मानेर संविधान संशोधन प्रस्तावबाट पछि हट्ने हुन् कि भन्ने मधेसी मोर्चालाई डर छ । यही कारण सुरुमा संशोधन प्रस्तावको आलोचना गरेको मोर्चाले अहिले यसलाई समर्थन जनाइरहेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...