भूकम्प प्रभावितका लागि खुसीको खबर !

  • काठमाडौं, १३ माघ ।

भूकम्प प्रभावितका लागि खुसीको खबर छ । घर बनाउनका लागि पहिलो किस्ता लिएर जग हाल्नुभएको छ ?

त्यसो हो भने अब तपाईले दोश्रो किस्ताको १ लाख ५० हजार अनुदान पाउनुहुनेछ । यसका लागि गाविस वा नगरपालिकामा खटिएका इन्जिनियरलाई तपाईले घर निरिक्षण गराउनुपर्नेछ ।

सरकारले भूकम्प प्रभावितहरुको आवास पुनर्निर्माणका लागि दोस्रो किस्तावापत ११ अर्ब ७५ करोड ५० लाख रुपैया भूकम्प अति प्रभावित १४ जिल्लाहरुमा पठाउने निर्णय गरेको राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका सहप्रवक्ता डा.भीष्म भूसालले जानकारी दिएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत यो रकम अति प्रभावित १४ जिल्लामा पठाइएको हो ।

यो रकम प्रभावित जिल्लाका जिल्ला विकास समितिको खातामा गएको छ । अब पहिलो किस्ताको रकम पाएर घरको जग राखेका प्रभावितहरुले सजिलैसँग दोश्रो किस्ताको रकम पाउने सहप्रवक्ता भूसालको भनाई छ ।

हालसम्म झन्डै साँढे सात सय लाभग्राहीले दोश्रो किस्ता वापतको अनुदान रकम बुझेको प्राधिकरणले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...