राष्ट्रपति चढेको हेलिकोप्टर आकस्मिक अवतरण

  • काठमाडौं,१४ माघ ।

राष्ट्रपति विद्यादेवी भण्डारी चढेको हेलिकोप्टर मौसमको खराबीका कारण आकस्मिक अवतरण भएको छ ।

शुक्रबार बिहान राष्ट्रपतिलाई लिएर धनगढी जान लागेको हेलिकोप्टर दाङको भालुवाङमा आकस्मिक अवतरण भएको हो ।

भालुवाङमा रहेको सशस्त्र प्रहरीको ब्यारेकमा हेलिकोप्टर आकस्मिक अवतरण भएको र मौसम खुल्ने बित्तिकै धनगढी जाने राष्ट्रपतिसँगै रहेका उनका स्वकीय सचिव भेषराज अधिकारीले उज्यालो अनलाइनलाई जानकारी दिए।

,

प्रतिकृया दिनुहोस्

Loading...