कुलमानले कारण दिदै भने - लोडसेडिङ नभए पनि यसकारण जान्छ बत्ती !

  • काठमाडौं, १४ माघ ।

नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले काठमाडौं अब लोडसेडिङमुक्त भएको बताएका छन् ।

अहिले लोडसेडिङको घोषित तालिका आएको पनि छैन । तर, पनि बेलाबेला लाइन गइरहन्छ । विहीबार पर्वतमा प्रधानमन्त्री प्रचण्ड र स्याङ्जामा केपी ओलीले भाषण गरिरहेका बेलामा पनि झ्याप्पै लाइन गयो ।

आखिर किन यसरी झ्याप्पै लाइन जान्छ ? कसैले बिजुली काट्छ कि ? यसबारे उठ्ने जिज्ञासाको समाधान गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक छलफलमा प्राधिकरण प्रमुख घिसिङले यसका दुईवटा कारण रहेको बताए ।

सडक विस्तार, बत्ती जाने एउटा कारण !

सडक विस्तारका लागि पोल सार्नुपर्‍यो । यसका लागि लाइन काट्नुको विकल्प छैन । पोल सार्न टेलिकमको तार पनि सार्नुपर्छ । त्यसभन्दा पनि केबल कपरेटरहरुको केबल सार्न निकै समस्या परेको प्राधिकरण प्रमुख घिसिङले बताए ।

त्यसैगरी खानेपानीको पाइपका कारण कहिलेकाँही विद्युत आपूर्तिमा समस्या आउने गरेको उनले बताए ।

अहिले रिङरोड विस्तारको काम भइरहेको छ । साथै मेलम्चीको पाइप विच्छ्याउन पनि विभिन्न स्थानमा सडक खन्ने काम भइरहेको छ । घिसिङका अनुसार रिङरोडको चावहिलदेखि महाराजञ्जसम्म प्राधिकरणको हाम्रो ६६ केभीएको लाइन अण्डरग्राउण्ड छ । र, सडक विस्तारका क्रममा त्यसमा केही भयो भने चपाली सबस्टेसन क्षेत्रमा लाइन जान्छ ।

रत्नपार्क क्षेत्रमा यस्तै समस्या आउँदा रातभर काम गर्नु परेको अनुभव उनले सुनाएका थिए।

प्राधिकारणको पुरानो सिस्टम, दोस्रो कारण !

बेलाबखत बिजुली जाने दोस्रो कारण प्राधिकारणको पुरानो सिस्टम भएको कुलमानको भनाई छ । विद्युत प्राधिकरणको सिस्टममा नै बेलाबेला समस्या आउने गरेका कारण विद्युत आपूर्तिमा अवरोध हुने गरेको छ । यसलाई सम्बोधन गर्न अपग्रेडिङका कामहरु भइरहेको कुलमानले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...