भैसीको पूजा र रामदेवको अगाडी उठबस गर्नेहरु कम्युनिष्ट हुन् सक्दैनन् - विप्लव

  • काठमाडाैँ, ८ माघ ।
नेकपा (माअाेवादी)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले भाैतिक विज्ञान र धर्म फरक फरक दृष्टिकाेण भएकाले धर्मप्रति विश्वास गर्ने कम्युनिस्ट हुन नसक्ने बताएका छन् । भाैतिक विज्ञान र धर्म फ्युजन हुन्छ भन्नु बेइमानी भएकाे बताए ।

‘कम्युनिस्ट भाैतिकवादी हुन्छन्, धर्मकाे प्रचार गर्ने रामदेवजस्ता मान्छेकाे अगाडि कान समाएर उठबस गर्ने, भाेटकाे लागि भाैतिक विज्ञान र धर्मलाई समायाेजन हुन्छ भन्ने कम्युनिस्ट हुनै सक्दैन’ शनिबार काठमाडाैँ पार्टीले आयोजन गरेको एक गोप्य प्रशिक्षणका क्रममा महासचिव विप्लवले भने ।

दोहोरो चरित्र निर्वाह नगरी कम्युनिष्टहरुले अाफ्नाे दृष्टिकाेण सबैसामु प्रष्ट पार्नुसक्नु पर्ने उनको भनाइ थियो ।

‘कसैलाई खुशी पार्ने नाममा नेताहरुले भैसीकाे पुजा गर्नु हुँदैन, तर कसैकाे अास्थामाथि पनि अपमान नगरी नै दृष्टिकाेण प्रष्टसँग राख्नु पर्छ’ विप्लवले भने । 'समाज र जनताकाे सेवा गर्नु नै कम्युनिष्टकाे धर्म हुने हो ।'

कार्यक्रममा बाेल्दै महासचिव विप्लवले मार्क्स,लेनिन र माअाेले प्रतिपादन गरेका सिद्धान्तले मात्र अबकाे क्रान्ति नहुँने भन्दै त्यसमा टेकेर थप सिद्धान्तकाे विकास गर्नु पर्ने बताए । 

विप्लवले अाफ्नाे पार्टीले बदलिएकाे विश्वलाई मध्यनगर गर्दै क्रान्तिकाे नयाँ सिद्धान्तकाे खाेजी गरिरहेकाे बताएका छन् ।

यस्तै अब नेकपा (माओवादी) पार्टीले जीत्ने गरी लड्ने तयारी गरेको प्रष्ट पार्दै विप्लवले त्यसै अनुसार खट्न सबै नेता कार्यकर्तालाई दिर्नेशन पनि दिएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...