विरोधका बीच संशोधन विधेयक पेश गर्नु सभामुखको संसदीय अभ्यास विपरित काम - एमाले



  • काठमाडौं, २४ पुस ।

आफ्नो विरोधका बीच संविधान संशोधन विधेयक संसदमा पेश भएपछि प्रमुख विपक्षी दल नेकपा एमालेले, सभामुखले संसदीय अभ्यास विपरित काम गरेको टिप्पणी गरेको छ ।

विपक्षीले लगातार अवरुद्ध पार्दै आएको संसद बैठक सर्बोच्च अदालतको आदेशपछि आइतबार सुचारु भयो ।

बैठकमा निर्वाचनसम्वन्धी दुई विधेयक पेश भए भनेअख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगलाई सिफारिस समितिमा पठाउने निर्णय सर्वसम्मतले पास गर्‍यो ।

तर, संविधान संशोधन विधेयक टेबल गर्ने कार्यसूचीमा प्रवेश गर्नासाथ विपक्षीले विरोध गरे । उनीहरुको होहल्ला र नाराबाजीका बीच संविधान संशोधन विधेयक पेश भएको छ ।

बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले विपक्षीले असहमति जनाउँदा जनाउँदै संसारमा कहिँ पनि प्रस्ताव टेबल नहुने भन्दै सभामुखले संसदीय अध्यास विपरित काम गरेको बताए ।

यसलाई आफूहरुले विधेयक टेबल भएको नभई जबर्जस्ती गरेको रुपमा लिएको भन्दै उनले संशोधनलाई असफल बनाउने रणनीति लिने बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...