श्रीमतीको यादमा जेलभित्रै ठडियो ताज महल

जेलका अन्य कैदीहरुको सहयोगमा पास्कलले फेबिकोलले सलाइँका काँटी जोडेर ताजमहल बनाए । श्रीमतीका लागि उनले तयार गरेको त्यो उपहारलाई जेल प्रशासनले सुरक्षित राखिदिएको छ । तीस हजार सलाइँका काँटी र दुई किलो फेबिकोलको प्रयोग गरी उनले ताजमहल बनाएका हुन् ।
लागूऔषधको मुद्दामा भारतको उत्तरप्रदेशस्थित महाराजगंज जिल्ला कारागारमा जेलसजायँ काटिरहेका फ्राान्सेली नागरिक एल्बर्ट पास्कल शाइनेले सलाइँका काँटीहरुबाट ताजमहलको सुन्दर प्रतिरुप तयार गरेका हुन् ।
नयाँ वर्षमा आफ्नी श्रीमतीलाई उपहार दिनका लागि उनले यस्तो अद्धितीय मायाको चिनो तयार गरे । उनको कलाको नमूना देखेर पूरै जेल दंग छ ।
उनका लागि ताजमहल बनाउन जेल प्रशासनले सामानको जोहो गरिदिएको हो । जेलमा आफूले साथीहरुको सहयोगमा तयार गरेको ताजमहल प्रेम र सहयोगको निसानी रहेको उनले बताएका छन् ।
उनले तयार पारेको ताजमहल फ्रान्समा लगेर श्रीमतीलाई उपहार दिने मानिसको खोजीमा छन् । सलाइँका काँटीबाट ताजमहल बनाइसकेपछि अब उनी सलाइँका काँटीबाटै हेलिकप्टर बनाउन जुटेका छन् । एजेन्सी
२०७३ पुष २० गते प्रकाशित
प्रतिकृया दिनुहोस्
Loading...
