संशोधन प्रक्रियालाई थाती राखेर चुनावमा जानुपर्छ : कोइराला


  • काठमाडौं, २० पुस ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशाक कोइरालाले संविधान संशोधन प्रक्रियालाई थाती राखेर भएपनि स्थानीय चुनावमा जानु पर्ने बताएका छन् ।

बिराटनगर विमानस्थलमा बुधबार सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले २०७४ माघसम्ममा तिनै तहको निर्वाचन गर्नुपर्ने भएकाले संशोधन प्रक्रियालाई थाती राखेर दलहरु चुनावमा जुट्नु पर्ने बताए ।

संविधान कार्यान्वयन मुख्य चुनौती रहेको भन्दै उनले दलहरुले वार्ताको माध्यमवाट सविधान संशोधन प्रक्रिया टुङ्गो लगाउनु पर्नेमा जोड दिए । विषेश गरी संविधान संशोधनका लागि एमाले र मधेसी मोर्चासँगको वार्तालाई तिव्रता दिएर सहमति कायम गर्नु पर्ने उनले बताए ।

उनले प्रदेश नम्वर ५ मा देखिएको विवाद सामाधानका लागि स्थानीय जनताको राय वुझेर अघि बढ्न सकिने बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...