मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन ट्रम्पको आदेश

  • एजेन्सी, १३ माघ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पार गर्न नसकिने पर्खाल बनाउने सम्बन्धी कार्यकारी आदेश जारी गरेकाे छ ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउने सम्बन्धी निर्देशनमा हस्ताक्षर गर्दै यसमा तत्काल काम सुरु गरिने बताए ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीमा भएको एक विशेष कार्यक्रमका बिच ट्रक्पले मेक्सिकोसँग जोडिएको अमेरिकाको दक्षिणी सीमामा दुई हजार माइल भन्दा लामो पर्खाल बनाउने सम्बन्धी निदेर्शनमा बुधबार हस्ताक्षर गरेका हुन् ।

यसले अवैध आप्रवासी र लागुऔषधको कारोबारलाई रोक्ने ट्रम्पको दाबी छ । चुनावी अभियानकै क्रममा ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने बताउँदै आएका थिए ।

यस्तै गैरकानुनी आप्रवासीको बसोबास बढी रहेको तथा त्यस्ता अप्रवासीलाई आश्रय दिएका अमेरिकी शहरलाई दिइने सहयोग कटौती सम्बन्धी दस्तावेजमा पनि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका छन् । एबिसी न्युज टेलिभिजनसँगको अन्तर्वातामा राष्ट्रपति ट्रम्पले पर्खाल बनाउने खर्च मेक्सिकोले पनि बेहोर्नु पर्ने बताए ।

तर मेक्सिकोले भने अस्वीकार गर्दै आएको छ । अर्बौं डलर खर्च हुने यो प्रस्तावका लागि ट्रम्पले कांग्रेसको स्वीकृति लिनु पर्छ ।

ट्रम्पले देशको सुरक्षा बढाउने सम्बन्धी अर्को एक प्रस्तावमा पनि हस्ताक्षर पनि गरे । ट्रम्पले बिद्रोहीको आरोपमा पक्राउ परेकासँग गरिने सोधपुछको तरिकामा पनि समीक्षा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ट्रम्पले यस्तै गुप्तचर विभाग सिआइएले अमेरिका भन्दा बाहिर चलाउने गोप्य बन्दीगृह फेरि खोल्ने बारे पनि विचार गरिरहेको उल्लेख छ । यस्ता बन्दीगृह अहिले भने बन्द छन् । बिना राष्ट्रिय सीमाको देश नहुने भन्दै ट्रम्पले देशको दक्षिणी सीमामा संकटको अवस्था रहेकाले त्यसलाई समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको दाबी गरे ।

,

प्रतिकृया दिनुहोस्

Loading...