कोपा डेल रे - एथ्लेटिक सेमिफाइनलमा, रियल बाहिरियो

  • एजेन्सी, १३ माघ ।

एथ्लेटिको मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमामा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एइबरसँग २–२ कै बराबरीमा रोकिए पनि एथ्लेटिको मड्रिडसमग्रमा ५–३ को जितसहित अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा एथ्लेटिको मड्रिड ३–० ले विजयी भएको थियो । दोस्रो लेगमा एथ्लेटिको मड्रिडका लागि जोसे गिमेनेज र आनफ्रानले गोल गरे । एइबरका लागि सेर्गी इनरिच र पेड्रो लिअनले गोल गरे ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ४९ औं मिनेटमा गिमेनेजले एथ्लेटिको मड्रिडका लागि पहिलो गोल गरे । ७३ औं मिनेटमा इनरिचले एइबरका लागि बराबरी गोल फर्काए ।

८० औं मिनेटमा लिअनले गोल गरेपछि एइबरले २–१ को अग्रता लियो । तर पाँच मिनेट बाँकी हुँदा आनफ्रानले एथ्लेटिको मड्रिडका लागि बराबरी गोल गरे ।


रियल मड्रिड बाहिरियो

रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा सेल्टा डि भिगोसँग २–२ को बराबरीमा रोकिएको रियल मड्रिड समग्रमा ४–३ को हारसहित प्रतियोगिताबाट बाहिरिएको हो ।

पहिलो लेगमा सेल्टा डि भिगोले रियल मड्रिडलाई २–१ ले हराएको थियो । अन्तिम चारमा पुग्नका लागि रियल मड्रियलाई जित अनिवार्य थियो भने सेल्टालाई बराबरी मात्रै भए पुग्ने थियो । रियलका लागि ४४ औं मिनेटमा डानिलोले गरेको आत्मघाती गोल निकै महंगो साबित भयो ।

डानिलोको आत्मघाती गोलबाट सेल्टाले पहिलो हाफमा १–० को अग्रता लियो । ६२ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडका लागि बराबरी गोल फर्काए ।

पाँच मिनेट बाँकी हुँदा घरेलु टोली सेल्टाका लागि ड्यानिएल वासले गोल गर्दै २–१ को अग्रता दिलाए । ९० औं मिनेटमा लुकास वाजक्वेजले रियल मड्रिडका लागि बराबरी गोल त फर्काए तर त्यो जितका लागि पर्याप्त भएन ।

,

प्रतिकृया दिनुहोस्

Loading...