प्रमुख प्रतिपक्षी एमालेलाई जिम्मेवार ढङ्गले प्रस्तुत हुन काँग्रेसकाे आग्रह


  • दमक, १८ पुस ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक जबर्जस्त रोक्न खोज्नु संसदीय मूल्यमान्यता विपरीत भएको बताएका छन् ।

नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले आज झापाको दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डा महतले प्रमुख प्रतिपक्षी दललाई संसद्मा जिम्मेवार ढङ्गले प्रस्तुत हुन आग्रह गरे ।

उनले भने, “अब मुलुकलाई निकास नदिने हो भने हामीले प्राप्त गरेका सबै उपलब्धि नै गुम्ने खतरा आएको छ । प्रमुख प्रतिपक्षीको विधेयक प्रस्तुत गर्न नदिने अडान र मधेसकेन्द्रित दलको विधेयक पारित नभएमा निर्वाचन गर्न नदिने भन्ने दुवै सोच अतिवादी हुन्, यसले मुलुकलाई हित गर्दैन ।”

एक अर्काे प्रसङ्गमा उनले दमक–रवि मार्गलाई पूर्णता दिन आगामी दिनमा पनि आफ्नो पहल कदमी रहने आश्वासन दिए।

,

प्रतिकृया दिनुहोस्

Loading...