एउटा पत्यार नलाग्ने समाचार, यी व्यक्तिका ८०० बच्चा छन् !



तपाई छक्क पर्नुहोला, यदि कुनै व्यक्तिको ८ सय बच्चा छन् भन्दा ? यति मात्र होइन कोही प्रत्येक हप्ता एउटा बच्चाको बाबु बन्छन् भन्दा । तर, यो सत्य हो थप तल पढ्नुहोस् ।

खासमा, साइमन वाटसन नामका यी व्यक्ति स्पर्म(शुक्राणु) डोनर(दाता) हुन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बिजनेस चलाइरहेको बताएका छन् । 

वाटसनका अनुसार अहिलेसम्म उनका ८ सय बच्चाले जन्म लिइसकेका छन् । उनका बच्चा प्रत्येक हप्ता स्पेनदेखि ताइवानसम्म कही न कही जन्म लिइरहेका हुन्छन् । आगामी २–३ बर्षमा करिब एक हजार बच्चाका बुवा बन्नेछन् ।

त्यसो त सामाजिक सञ्जालमार्फत् धेरै जसोले उनीबाट कम मुल्यमा स्पर्म किन्ने गरेका छन्, तर यदि कुनै क्लिनिक वा हस्पिटलबाट लिनु पर्यो भने महंगो हुन्छ । 

त्यसैले, वाटसनसँग प्रत्यक्ष सामाजिक सञ्जालमा सम्पर्क गर्ने गर्छन् । वाटसन सबैभन्दा बढी सन्तानका बुबा बनेर विश्व रेकर्ड राख्न चाहन्छन् ।

उनी नियमित समय अन्तरालमा आफ्नो पुरै स्वास्थ्य जाँच्छन् र हेल्थ सर्टिफिकेटलाई अनलाइनमा पोस्ट पनि गर्छन् । पूर्ण प्रमाणीकरणका साथ वाटसन यो बिजनेस चलाईरहेका छन् । यद्यपी, केही आलोचकहरुले यस्तो गर्नु गलत रहेको बताउँछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...