मोरङका जिशिअमाथि क्रान्तिकारीले गर्यो जनकारवाही

इमान्दार मिडिया संवाददाता ।
काठमाडौं, १२ माघ ।
नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी)ले जिल्ला शिक्षा कार्यालय मोरङका प्रमुख देवेन्द्र खनालमाथि कालोमोसो दलेको छ ।
जिशिअ खनालले व्यक्तिगत स्वार्थ पूर्तिका लागि कमिसनका आधारमा कर्मचारी सरुवा गरेको, भवन वितरण गरेको तथा बिभिन्न बहानामा घुस खाएको क्रान्तिकारीले आरोप लगाएकाे छ ।
आफ्ना गलत गतिविधि रोक्न खनाललाई पटकपटक आग्रह गरिएपनि नटेरेको भन्दै आफ्नो सङ्गठनले जनकारवाही गर्नु परेको क्रान्तिकारीले विज्ञप्तिमार्फत जनाएको छ ।
यस्तै उक्त संगठनले यस्ता अनैतिक गतिविधि तत्काल रोकेर जिम्मेवार बन्न समेत खनाललाई चेतावनी दिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...