यस्ती युवती जसको जिब्रोको मूल्य १३ करोड पर्छ !

तपाईंले बहुमूल्य गहना, कपडा तथा महंगा घरहरुका बारेमा त सुन्नुभएकै होला ।
तर के तपाईंले मानिसको यस्तो जिब्रोको बारेमा सुन्नुभएको छ जसको मूल्य झण्डै साढे १३ करोड रुपैयाँ छ ? पत्यारै नलाग्ने यस्तो बहुमूल्य जिब्रो भएकी युवतीको नाम हायलेई कर्टिस हो ।
क्याडबरी कम्पनीले ती युवतीको जिब्रोका लागि यति महंगो मूल्य चुकाएको हो । आखिर ती युवतीको जिब्रोमा के छ ? जसका कारण क्याडबरी कम्पनीले उनको
जिब्रोका लागि झण्डै साढे १३ करोड तिर्यो ?
चकलेट बनाउने चर्चित बेलायती कम्पनी क्याडबरीले ती युवतीको जिब्रोको लागि दश लाख पाउण्ड अर्थात् १३ करोड ३४ लाख रुपैयाँ बराबरको बिमा गराइदिएको हो ।
लण्डनस्थित क्याडबरी कम्पनीले उत्पादन गरेका चकलेटको स्वाद चाख्ने काम ती युवतीको हो । ती युवतीजस्ता अन्य ३ सय जना चाख्ने कर्मचारी क्याडबरीले आफ्नो बर्नभिलेस्थित मूख्यालयमा भर्ति गरेको छ ।
नियमित रुपमा चकलेट चाख्नुपर्ने भएको हुँदा त्यसले जिब्रोमा पार्नसक्ने सम्भावित असरलाई ध्यानमा राख्दै झण्डै साढे १३ करोड रुपैयाँको बिमा कम्पनीले गरिदिएको हो । कर्टिस चकलेट विज्ञ हुन् । नयाँ चकलेटी स्वादको सिर्जना गर्ने कर्टिसले आफ्नो जिब्रोको बहुमुल्य विमा भएकोमा निकै खुसी लागेको बताएकी छिन् ।

प्रतिकृया दिनुहोस्
Loading...