रोबोटसँग यौन सम्बन्ध होला त सम्भव ?



विकसित मुलुकमा रोबोट मान्छेको साथी जस्तै बनिसकेका छन्। वैज्ञानिकहरुले आवश्यकता अनुसारको काम गर्ने रोबोटहरु बनाइरहेका छन्। 

पछिल्लो समय रोबोर्टसँग यौन सम्बन्धको कुरा चर्चामा छ। केही समय अघि बेलायतको लन्डनस्थित गोल्डस्मिथ युनिभर्सिटीमा ‘लभ एन्ड सेक्स विद रोबोट’ दोस्रो सम्मेलन सम्पन्न भयो। 

सम्मेलनमा सहभागी अधिकांशको प्रश्न थियो, रोबोटसँगको यौनसम्पर्क मानिससँग जस्तै सहज हुन्छ? मानिस र रोबोटबीचको यौन कर्म भावनात्मक होला? के तपाईं रोबोटसँग यौन सम्पर्क गर्दै हुनुहुन्छ? सम्मेलन यिनै प्रश्नहरुको सेरोफेरोमा घुमेको थियो।

परम्परागत धारण वा सोच भएका मुलुक मात्र होइन अन्य आधुनिक मानिएका देशका मानिसमाझ पनि यो सम्मेलन विवादित बन्यो। यौन उद्योगहरु सञ्चालन भएका देशबाट सम्मेलनमा कुनै प्रतिनिधि गएनन्।

सम्मेलनमा रोबोटसँग सम्बद्ध विभिन्न संस्था र त्यसका प्रतिनिधि सहभागी थिए। सम्मेलनमा रोबोट सेक्सको अवधारणामाथि सानो सर्वेक्षण पनि गरिएको थियोे। रोबोटसँग निकट सम्बन्ध कायम गर्न कत्तिको इच्छुक हुनुहुन्छ भन्ने बारे ३० जनालाई प्रश्न गरिएको थियो।

रोबोट समस्याग्रस्त बनेमा ऊसँगको यौन सम्र्पक जटिल हुने सर्वेक्षणमा भाग लिएकाहरुले बताएका थिए। अधिकांशले भने, ‘रोबोट के हो भन्ने विषयमा हामी सहमति जनाउन सक्दैनौं। रोबोट सेक्सबारे हाम्रो सहमति छैन। हामी निश्चिन्त छौँ कि सेक्समा रोबोटको अस्थित्व छैन। हामीले जे विकसित गर्दैै छौँ त्यो निकै कच्चा छ।’

सम्मेलनमा आगामी दिन रोबोट सेक्सको उद्योग कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो।

यस्तै, क्यालिफोर्नियामा रहेको सेक्स टोय उत्पादक कम्पनी रियलडोल्सले आगामी वर्ष कृत्रिम रुपमा ‘वौद्धिक सेक्स डल’ सार्वजनिक गर्ने बताएको छ।

यदि वौद्धिक सेक्स डल निर्माण भएमा डा. डेभिड लेभीको भविष्यवाणी पुष्टि हुनेछ। डा. लेभीले मानवजस्तै वौद्धिक रोबोटको युग सुरु हुने भविष्यवाणी गरेका छन्।

डा. लेभीले सन् २००७ मा ‘लभ एन्ड सेक्स विथ रोबोट’ नामक पुस्तक प्रकाशन गरेका थिए। जहाँ मान्छेजस्तै यन्त्र र मानिसबीचको निकटताबारे लेखिएको थियो। उनले ‘इन्टिमेट रिलेसनसिप विद आर्टिफिसियल पार्टनर्स’ शीर्षकमा विद्यावारिधि गरेका हुन्।

उनले सम्मेलनको अन्त्यमा भने, ‘अहिले रोबोट हाम्रो साथी बनेको छ, अब रोर्बट पार्टनर बन्ने युग आउँदैछ।’ आगामी १० वर्षभित्र यस्तो रोबोट विकसित हुने दाबी गर्दै उनले भने, ‘जुन रोबोटमा मान्छेमा जस्तै दया, माया, धैर्य, विश्वास, आदर जस्ता भावना हुनेछन्।’


एजेन्सी र स्वास्थ्य खबरको सहयोगमा २०७३ पुस १९ मा प्रकाशित ।


,

प्रतिकृया दिनुहोस्

Loading...