अपरेसन गर्दा पेटमा छुटेको कैंची १८ वर्षपछि निकालियो


  • काठमाडौं, २१ पुस ।

उत्तरी भियतनामको थाई नूवेन प्रान्तका मा वान न्हात हालै एउटा दुर्घटनामा परे । उनलाई अस्पताल लगियो । डाक्टरहरुले उनको अल्ट्रासाउन्ड गर्दा पेटभित्र एउटा धारिलो वस्तु देखे ।

उनको पेटको फेरि एक पटक परिक्षण गरियो । त्यसबाट पत्ता लाग्यो कि पेटभित्र १५ सेन्टिमेटर लामो धारिलो कैंची लडिरहेको छ । 

भियतनाम एक्सप्रेसलाई न्हातले बताए अनुसार सन् १९९८ मा उनी एउटा दुर्घटनामा परेका थिए । बाक कान जनरल अस्पतालमा उनको शल्यक्रिया भएको थियो । शायद त्यहि शल्यक्रियाका दौरान उनको पेटमा कैंची छुटेको थियो ।

न्हातलाई त्यसयता बारम्बार पेट दुखिरहने समस्या थियो । पेट दुख्दा उनी पेनकिलर खाने गर्थे तर यसको कारण पत्ता लागेको थिएन । पेटबाट कैंची निकालिएपछि उनको यो समस्या समाधान भएको छ ।

भियतनामको स्वास्थ्य मन्त्रालयले बाक कान अस्पतालाई उनको पेटमा कैंची छोड्ने डाक्टर को थियो भन्ने पत्ता लगाएर एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनेको छ । तर अस्पतालका निर्देशक त्रिन्ह थाई लुऔंग १५ वर्षभन्दा पुरानो केसको अस्पतालमा रेकर्ड नहुने बताउँछन् ।

२०७३ पुष २१ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...