योजना मर्मत अभावमा रोल्पामा खानेपानीको समस्या

- रोल्पा, १२ माघ ।
पुराना योजना मर्मत हुन नसक्दा रोल्पा जिल्लामा खानेपानीको समस्या देखिन थालेको छ ।
योजना निर्माण भएको लामो समयसम्म पनि मर्मतका लागि बजेट विनियोजन नहुँदा खानेपानी आपूर्तिमा समस्या देखिएको उपभोक्ताले गुनासो गरेका छन् ।
जलवायुमा आएको फेरबदलले पानीका स्रोत पनि सुक्दै गएका कारण समस्यामाथि समस्या थपिएको उपभोक्ताले बताएका छन् । हिउँदमा घर नजिकैबाट पानी ल्याए पनि गर्मी मौसममा भने डेढ घन्टा टाढा पुगेर पानी ल्याउने गरेको मिझिङ–५ की यामकुमारी ओलीले बताए ।
विसं २०४२ सम्मका पुराना योजना जिल्लामा रहे पनि बजेट अभावले ती योजना मर्मत गर्न नसकिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाले बताएको छ ।
गाईभैँसीलाई खुवाउने, शौचालयमा प्रयोग गर्ने र घरायसी प्रयोजनका लागि आवश्यक पानीको बस्दोबस्त गर्न निकै कठिन हुने गरेको ओलीले दुखेसो गरे ।
खानेपानीको मर्मतसम्भार हुन नसक्दा पानी आपूर्तिमा निकै कठिनाइ भएको मिझिङ–५ कै मनप्रसाद रानामगरले बताए । आठ–दश घरका लागि एउटा सार्वजनिक धाराको व्यवस्था गरिएका कारण एक गाग्री पानी भर्न घन्टाैं लाग्ने गरेको रानाले बताए ।

प्रतिकृया दिनुहोस्
Loading...