एक युवतीमाथि कोहलपुरमा सामुहिक बलात्कार, संलग्न २ पक्राउ

- कृष्ण ओली ।
कोहलपुरमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । बुधबार साँझ करिब ८ बजेतिर कोहलपुरको साँझा नजिक अन्दाजी १८ बर्षिय किशोरीको सामुहिक बलात्कार भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले बलात्कारमा संग्लन रहेको भन्दै कोहलपुर प्रहरीले २ युवकलाई पक्राउ गरेको बताएका छन् ।
डिएसपी काफ्लेका अनुसार पक्राउ पर्नेमा कनका ७ का १८ बर्षिय मुस्कान आचार्य र सोही ठाउँका १७ बर्षिय सेर सिकर्मी रहेका छन् ।
युवकहरुले साझ घर पु¥याइदिने भन्दै आफ्नो कोठामा लगेर सामुहिक बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएका उनले जानकारी दिए ।
प्रहरीका अनुसार युवती र युवकहरु चिनेजानेका नै हुन् । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
