अझै फरार ढुंगेल- सर्वसाधारण भेट्छन्, प्रहरी भेट्दैन


  • काठमाडौं, २२ पुस ।

सुरक्षा निकायले राजनीतिक मौका कुर्दा कुर्दै सर्वोश्वसहित जन्मकैद सुनाइएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन।

सर्वोच्च अदालत फैसला कार्यान्यवयन निर्देशनालयले गृह मन्त्रालय र मातहतका निकायलाई गरेको पत्राचारको जवाफ यस्तो आएको छ- ढुंगेल फरार नै छन्।

यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। ओखलढुंगाका ब्यापारी उज्जन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष ५ महिना २२ दिन कैद भुक्तान गर्न बाँकी ढुंगेललाई प्रहरी प्रसाशनले फरार भने पनि सर्वसाधारणले उनलाई सार्वजनिक ठाउँमै देख्ने गरेका छन्।

माओवादी जनयुद्धका बेला श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो । त्यसविरुद्ध सर्वोच्चमा परेको रिटमा पनि ढुंगेलको विपक्षमा फैसला सुनाएको थियो

, ,

प्रतिकृया दिनुहोस्

Loading...