कुलमानको पक्ष र सर्वोच्चबिरुद्ध आन्दोलनमा उत्रिएकाहरु माइतीघरबाट पक्राउ


  • काठमाडौं, १९ पुस ।

नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

कुलमान घिसिङलाई काम गर्न देऊ भन्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

खार्पाचोक युवा क्लबको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरुले ‘सर्वोच्चको आन्तरिम आदेश खारेज गर’, ‘१८ घन्टा लोडसेडिङ गर्नेलाई कारबाही गर’ जस्ता नारा लगाएका थिए ।

माइतीघरमा जम्मा भएका उनीहरु अदालततर्फ अघि बढ्न खोजेपछि प्रहरीले पक्राउ गरेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...