संसद बैठक २४ गतेसम्मलाई स्थगित


  • काठमाडौं, १९ पुस ।

सर्वोच्च अदालतको आदेशसँगै संसदको अवरोध अन्त्य हुने संकेत देखिएको छ । 

व्यवस्थापिका संसदको मंगलबारको बैठक स्थगित गरी पुस २४ गते राख्न संसदको कार्य व्यवस्था परामर्श समितिले सभामुख ओनसरी घर्तीलाई सुझाव दिएपछि सूचना टाँसेर बैठक स्थगन भएको छ ।

परामर्श समिति बैठकमा सभामुखले कानुनमन्त्री अजयशंकर नायकले बोल्न खोज्दा उनलाई रोकेर दलका नेताहरुलाई पर्याप्त छलफल गर्न २४ गतेसम्मको समय दिने निर्णय सुनाएको स्रोतले जनाएको छ ।

बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अदालतको आदेशको सार एमालेको निर्णय बमोजिम नै आएको दाबी गर्दै शीर्ष तहमा छलफल गर्नका लागि २४ गतेसम्मको समय दिनु उपयुक्त हुने बताएका थिए ।

नेम्वाङको प्रस्तावमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि सहमति जनाएको राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले अनलाइनखबरलाई बताए । दलहरु सहमतिको दिशामा अघि बढेको मंगलवारको बैठकले संकेत गरेको उनले बताए ।

यसैबीच सत्तापक्ष र विपक्ष दुवैले आ-आफ्नो अनुकुल माहौल बनाउने समय पाएका छन् । संसदको अवरोध भने अब कुनै न कुनै रुपमा हट्ने संकेत मिलेको बैठकका एक सहभागीले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...