मधेसी मोर्चाले संशोधन विधेयक पारित गर्न पहल गर्ने




  • काठमाडौं, २० पुस ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयक पारित गर्न पहल गर्ने निर्णय गरेको छ । साथै सर्वोच्चको फैसलाको स्वागत गरेको छ ।

मधेसी मोर्चाको बुधबार साँझ बैठकले संविधान र कानुनबारे निर्णय गर्ने अन्तिम निकाय संसद नै भएको सर्वोच्चको व्याख्या रहेको भन्दै अदालतको आदेश सकारात्मक भएको निष्कर्ष निकालेको छ।

बैठकपछि मधेसी मोर्चाका शीर्ष नेताहरुसहित जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अदालतको यस निर्णयले एमालेसहितका दलहरुद्धारा संसद सञ्चालनमा गरेको अवरोध निरर्थक रहेको समोत प्रमाणित भएको छ ।’

बैठकमा संविधानको धारा २७४ बारे पनि छलफल भएको थियो । तर, मधेसी मोर्चाले संविधानको संक्रमणकालीन व्यवस्थामा राज्य पुनर्संरचना आयोगको परिकल्पना गरिएको भन्दै प्रदेश सभा नै नबन्दा हुने सीमांकन हेरफेरमा २७४ आकषिर्त नहुने तर्क गरेको छ ।

त्यसअघि मधेसी मोर्चासहित संघीय गठवन्धनको बैठक बसेको थियो । सर्वोच्चको आदेशबारे छलफल गर्दै आवश्यक परे संविधानको धारा २७४ खारेज गर्नु पर्ने बताएको थियो । मधेसी मोर्चाले अब सरकारले संसदमा दर्ता गरेको संशोधन विधेयक पास गराउन पहल गर्ने निर्णय गरेको छ ।

मधेसी मोर्चाले सुरुमा परिर्माजन नभएसम्म संविधान संशोधन विधेयक स्वीकार्य नहुने अडान लिएको थियो । तर, पछिल्लो समय यही संशोधनलाई अघि बढाएर स्वीकार गर्ने बताइसकेको छ । उद्यपि औपचारिक निर्णयमा भने परिर्माजन भन्न छाडेको छैन ।

यसैबीच सर्वोच्चको आदेश, संविधान संशोधान विधेयकसहितका विषयमा छलफल गर्न त्रिपक्षीय बैठक आहृवान भएको छ । भोलि ३ बजे कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक बोलाइएको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...