ट्रम्प भन्छन् - रुस र चीनसँग सहकार्य गर्न चाहन्छु

  • एजेन्सी, १ माघ ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुस तथा चीनसँग मिलेर काम गर्न चाहेको बताएका छन् ।

राष्ट्रपतीय चुनावमा भएको ह्याकिङको विषयलाई लिएर रुसमाथि लगाइएको प्रतिबन्ध तत्कालका लागि जारी रहेने तर केही समयपछि भने त्यो हट्ने ट्रम्पको भनाई छ । सिनेटको कमिटिले अमेरिकी चुनावमा रुसी साइबर आक्रमणबारे छानबिन गरिहेको छ । यही बेला ट्रम्पको यस्तो भनाई आएको हो ।

वाल स्ट्रिट जर्नलसँग राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आफू रुस र चीनसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभएको हो । रुसले इस्लामिक बिद्रोही विरुद्धको कारवाही अभियानमा अमेरिकालाई सहयोग गरेमा उसमाथि लागेको प्रतिबन्ध हट्ने ट्रम्पले बताए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै नै भेट गर्ने पनि ट्रम्पले बताए ।

यस्तै एक चीन नीतिका बारेमा पनि छलफल आवश्यक रहेको उनको भनाई छ । सहकार्यका लागि चीनले अमेरिकी कम्पनीलाई प्रतिस्पर्धाको मौका दिनुपर्ने बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...