मेस्सीका बारेमा बोल्नेलाई कारवाही

  • एजेन्सी, १ माघ ।

बार्सिलोनाले स्ट्राइकर लियोनल मेस्सीका बारेमा बोलेका अधिकारीलाई कारवाही गरेको छ । बार्सिलोनाले ति अधिकारीको भनाई व्यक्तिगत रहेको र त्यो क्लबको धारणा नरहेको पनि स्पष्ट पारेको छ ।

बार्सिलोनाका अधिकारी पेरे ग्राटाकोसले क्लबलाई कोपा डेल रेको क्वाटरफाइनलमा पुर्‍याउने मेस्सी मात्रै नरहेको बताएका थिए ।

बुधबार राति भएको दोस्रो लेगमा मेस्सीले ७८ औं मिनेटमा गरेको फ्रि–किक गोल मार्फत बार्सिलोना एथ्लेटिको बिल्बाओलाई समग्रमा ४–३ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।

तर ग्राटाकोसले मेस्सी आन्द्रेस इनिएस्टा वा नेइमार बिना त्यस्तो उत्कृष्ट हुन नसक्ने बताए । उनले भनेका थिए ‘मेस्सी टिमका मत्वपूर्ण खेलाडी हुन्, तर लुइस स्वारेज र जेराड पिके पनि उत्तिकै महत्वपूर्ण छन् । टिमको मेहनतले क्लब क्वाटरफाइनलमा पुगेको हो, मेस्सी एक्लैका कारण होइन ।’

क्लबले शुक्रबार एक वक्तव्य जारी गरेर ग्राटाकोसलाई स्पेनिस फुटबल फेडेरेसनसँगको स्पोर्टिङ रिलेशन प्रमुखबाट हटाइएको जनाएको छ । तर उनी क्लबको युथ एकेडेमीको जिम्मेवारीमा भने रहने जनाइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...