प्रचण्डलाई झट्का - एमालेको समर्थनमा उत्रियो राप्रपा, लेखा समितिको निर्वाचनमा एमाले उम्मेदवारलाई मत

  • काठमाडौं, १७ माघ । 

संविधान संशोधन प्रस्तावको विपक्षमा रहेको सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख प्रतिपक्षी नेकपा एमालेको पक्षमा उभिएको छ ।

जसअनुसार सोमबार लेखा समितिको सभापतिका लागि भएको निर्वाचनमा राप्रपाले एमालेका उम्मेदवारलाई मत दिएको छ ।

वर्तमान माओवादी–कांग्रेस गठबन्धनमा राप्रपाले पनि साथ दिएको छ र सरकारमा राप्रपाका दुई मन्त्री पनि छन् । तर, यति हुँदाहुँदै लेखा समितिको निर्वाचनमा राप्रपाले सार्वजनिक रुपमै एमालेलाई समर्थन गर्यो ।

एमाले नेताहरुका अनुसार यो प्रधानमन्त्री प्रचण्डका लागि ठूलो झट्का हो । यद्यपी लेखा समितिको निर्वाचनमा राप्रपासँग दुई भोट मात्रै थियो । राप्रपाले एमालेलाई समर्थन गरेपनि यो निर्वाचनमा जित सत्ता पक्षकै उम्मेदवारको भयो ।

निर्वाचनमा कांग्रेसको १५, एमालेको १५, माओवादीको केन्द्रको ७, मधेसवादी दलको ७, राप्रपाको २ र साना पार्टीका ४ मत गरी कुल ५१ मत थियो । जसमा ५० मत खसेको थियो ।

संविधान संशोधन प्रस्ताव पारित हुन कठिन


लेखा समितिको निर्वाचनजस्तै राप्रपाले संविधान संशोधनको विपक्षमा एमालेलाई साथ दिए संविधान संशोधन विधेयक पारित हुन कठिन हुनेछ । किनकि राप्रपासँग ३७ सीट छ र एमालेसँग १८२ सीट । जून आरामले एक तिहाई मत पुग्छ । यो बेला प्रचण्डलाई संशोधन विधेयक पारित गराउन असम्भव हुनेछ ।

राप्रपा अध्यक्ष कमल थापा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार उपप्रधान तथा परराष्ट्रमन्त्री थिए । त्यही बेलादेखि थापा ओलीले बोकेको एजेण्डामा आकर्षित भएका थिए । र, अहिले सत्ता पक्ष हुँदा पनि साथ दिन खोजिरहेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...