भूकम्पपिडितको दर्दनाक कथा - मान्छे गोठमाः जनावर र मुसा घरमा

- काठमाडौं , १४ माघ ।
गोरखाको आरुअर्बाङ पाखुरेको पुरानो गाउँ निर्जन बनेको छ । दुई वर्षअघिको भूकम्पले सबैघर अधकल्चो पारेर भत्काएपछि स्थानीयवासी बस्तीभन्दा केहीपर बारीमा पाल टाँगेर बसेका छन् ।
गाउँलेले थातथलो छाडेर हिाडेपछि पुरनो बस्तीमा जंगली जनावर बस्न थालेका छन् । ‘हामी गोठमा बस्छौं, हाम्रो घरमा मुसा, बिराला र स्याल बस्छन्’, स्थानीय मनमाया गुरुङले भनिन्, ‘त्यत्रो गाउँ अहिले त चकमन्न छ ।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
गाउँलेहरु पाखापखेरोमा गाईभैसीको गोठमा सुत्ने गरेको उनले बताइन् ।
सानोपाखुरे र ठूलोपाखुरेका सबै गुरुङ समुदाय बस्ने पुरानो गाउँ हो । यहाँ ८७ घर ढुङ्गाले छाएका छन् । तर भूकम्पले गाउँलेहरुको बास उठाएपछि अहिले गाउँ सुनसान छ ।
प्रतिकृया दिनुहोस्
Loading...