धादिङमा भूकम्पप्रतिरोधी घरको डेमो प्रदर्शन: एउटा घर गर्ल्यामगुर्लम्मै ढल्यो, अर्को जस्ताको तस्तै

  • काठमाडौं , १४ माघ ।

चौरको बीचमा उस्तै देखिने दुईओटा घर। इट्टा र माटोको जडान गरिएका दुबै घरको छलमा पानी ट्याङ्की राखिएका थिए। एउटा घर पुरै रातो माटोले पोतिका थिए भने अर्काे घरको ठाउँ ठाउँमा सेतो तेर्साे धर्सा देखिन्थ्यो ।

दर्शकहरु पालैपालो दुबै घर नियाली रहेका थिए । दुबै घर छिनछिनमा हल्लिन थाले । पहिले रातो मात्रै देखिएको घरमा राखिएको पानीको ट्याङ्की मात्रै ढलेको थियो । जब घरहरु बेस्सरी हल्लियो सेतो धर्सा नदेखिएको चाही घर गर्ल्याममगुर्लुमै ढल्यो ।

भूकम्प प्रतिरोधी घर निर्माणका लागि बिहीबार धादिङबेसीमा डेमो प्रदर्शन गर्दाको दृष्य हो यो । अबको पुननिर्माण भूकम्प प्रतिरोधी बनाऔं भन्ने सन्देश दिन दैवि प्रकोप उद्धार समितिले यस्तो डेमो प्रदर्शन गरेको हो । जिल्लाका सरोकारवाला निकायका प्रमुखदेखि विद्यार्थीसम्म प्रदर्शनी हेर्न पुगेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

कम्पन मञ्चमा कच्ची र पक्की घरको नमूना राखेर कृत्रिम भूकम्पको धक्का दिएर घरहरु कसरी क्षति पुग्छ भन्ने वारे प्रदर्शनी गरेको थियो । कम्पन दिँदा ढलेको र नढलेको घर हेर्दा खासै फरक थिएन । फरक यक्ति थियो नढलेको घरको गारोमा टाइविम, कुनाबन्धन, शिलबन्धन, लिण्डल र बिम कसिएको थियो कसिएको थियो, ढलेकोमा थिएन ।


हेर्दा उस्तै देखिएपनि घरको गारो (वाल) लगाउँदा बिम र बन्धन राखिएन भने त्यो घर कमजोर हुन्छ । सहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङका प्रमुख इन्जिनियर दिलिप भण्डारीले भने, ‘निर्माणको बेला केही कुरालाई ख्याल गर्दा पनि भूकम्प प्रतिरोधी घर तथा भवन बन्छ भन्ने सन्देश दिनका लागि हामीले यो प्रदर्शन गरेका हौं।’

, ,

प्रतिकृया दिनुहोस्

Loading...