शीर्ष तहको छलफलपछि मात्रै पुनसंरचना प्रतिवेदन पारित गर्ने मन्त्रीपरिषद्को निर्णय

- काठमाडौ, १४ माघ ।
स्थानीय निकाय पुर्नसंरचना आयोगले सरकारलाई दिएको प्रतिवेदन प्रमुख दलका शीर्ष नेताहरुबीच पुन छलफल हुने भएको छ ।
आज बसेको मन्त्रीपरिषद बैठकले स्थानीय पुर्नसंरचना आयोगले पेश गरेको प्रतिवेदन शीर्ष तहमा छलफल नगरी पास गर्दा समस्या आउने भएकाले पुन छलफल गर्न लागिएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार प्रतिवेदनबारे छिटटै दलका शीर्ष नेतासँग बसेर सहमतिको प्रयास गरिने छ ।
यसअघि वालानन्द शर्मा नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदनप्रति मधेसी मोर्चाले असन्तुष्टि जनाउदै परिमार्जन गर्नुपर्ने बताउदै आएको थियो ।
आयोगले पुस २२ मा आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...