फेरियो सवारी ट्रायलको नियम, अब लास्टको टी’ सेप सुरुमै पास गर्नुपर्ने



  • काठमाडौं, २१ पुस ।


यातायात व्यवस्था कार्यालय बाग्मती अन्तरगत सिंहदरबारको बग्गीखानास्थित ट्रायल सेन्टरले ट्रायलको बिधि र नियममा नियममा परिवर्तन गरेको छ । अब पहिलेजस्तो पार्किङबाट सवारी सीधै ‘एट’ सेपमा प्रवेश नगर्ने भएको छ ।

यसअघि ‘एट’ सेपबाट ट्रायल सुरु हुन्थ्यो र ‘टी’ मा पुगेर टुङ्गिन्थ्यो । र, सबै सेप पार गरेकाहरु पनि प्राय ‘टी’मा धेरै फेल समेत हुने गरेका थिए । ‘टी’ सेप ट्रायलमा सबैभन्दा कठिन सेप मानिन्छ ।

अब बग्गीखानामा ट्रायल दिँदा सुरुवातमै गाडीले ‘टी’ सेपलाई क्रस गर्नुपर्ने गरी नियम बनाइएको यातायात ब्यवस्था विभागले जनाएको छ। यसअनुसार गाडी चालकले गाडी स्टार्ट गरेपछि ‘टी’ सेपमा गाडी लैजानु पर्नेछ ।

अन्तिम पुगेर फेल हुँदा परीक्षार्थीको समयको नास मात्र हुने गरेको गुनासो समेत आउने गरेको थियो । साथै पछिल्लो दिनमा लिखित दिएर ३ पटकसम्म ट्रायल दिन पाउने ब्यवस्था गरिएको छ । यसैका कारण ट्रायल सेन्टरमा चाप बढेपछि अप्ठ्यारो मानिएको ‘टी’ स्टेपलाई सुरुमै ल्याइएको स्रोतको दावी छ ।

अब कमजोर रहेकाहरु पहिलो चरणको ‘टी’ मा नै फेल हुने भएकाले समयको बचत हुने कार्यालयको दाबी छ । यसबाट ट्रायल छिटो-छिटो गर्न सकिने कार्यालयका एक अधिकारी बताउँछन् ।

अब गाडी स्टार्ट भएपनि पहिला ‘टी’ हुँदै ‘एट’, ‘यु’, भएर हाइटमा चढेर र्‍याम्प पुगेपछि ट्रायल पास हुन्छ । तर, बिहीबारदेखि लागू भएको नयाँ व्यवस्थाले बग्गीखानामा ट्रायल दिँदा अझ असजिलो हुनेछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...