विद्यार्थी संगठनलाई पनि किन २८ बर्षको मापदण्डमा नराख्ने ?

प्रताप शर्मा
आज भन्दा ४ वर्ष अगाडी म स्नातकोत्तर अध्ययनका लागि कलेज भर्ना गर्न पुगे ।  सरकारी कलेजमा भर्ना गर्न राजनैतीक संगठनको सहयोग लिएपछि सजिलो हुने ,आफ्नो निकट एक जाना साथीलाई भने र भर्नाको काम सिध्याए । 

समसामयिक राजनीतिको छलफल पछी मेरो दिमागमा धेरै कुराहरु खेले । राजनीतिमा लागेको मेरो त्यो साथी उमेरको हिसाबले ३० बर्ष र एकाइ समिती अध्यक्ष । बिहान भनेको छैन , दिउसो भनेको छैन ,आफु कक्षाकोठामा नपढी नेता बन्न कै निम्ती विद्यार्थीलाई सहयोग गरेको छ । 

आफ्ना असीमित चाहनालाई तिलाञ्जली दिदै राजनीति गरेको छ । अब तपाईं आँफै भन्नुस् त्यो मेरो साथी केन्द्रिय नेताको रुपमा स्थापित हुँदा कती बर्ष पुग्ला ? अब हामीले उसलाई स्ववियुको निर्वाचनमा उठ्न दिएनौ भने त्यो अन्यया हुन्छ कि हुँदैन ? त्यसैले सवाल यहाँ स्ववियु निर्वाचनमा २८ बर्षको मात्र होइन संगठनमै २८ मुनिको चयन गर्ने  प्रावधान राख्न जरुरी छ ,त्यसले मात्र इमान्दार नेता कार्यकर्ताको भावनाको समर्थन गर्दछ ।

त्यही विद्यार्थी नेतालाई स्ववियु निर्वाचनमा उठ्न नदिने अनि त्यही विद्यार्थीलाई संगठनको नेता बनाउने काम भयो भने , के यो वैज्ञानिक हुन्छ ? 

  • २६ बर्षको एउटा विद्यार्थीले के संगठन हाँक्न सक्दैन ? समस्या कहाँ छ ? खोजी गरौ । 

हाम्रा राजनैतीक दलहरुले बेइमानी गर्दै छन र त्यो बेइमानीमा संगठनका प्रमुखले लाल मोहर लगाएका छन। अहिले आएको तत्कालको निर्णय स्वागत योग्य हुँदा हुँदै पनि संगठन परिमार्जन हुने या नहुने त्यो जटिल बिषय बन्न पुगेको छ । अहिले तत्काल संगठन परिमार्जन नगरे त्यसले द्रिघकालमा ठुलो असर गर्ने छ । 

संगठन अराजक हुने खतरा उत्पन्न हुने छ । मुल गेट बन्द गरेर कोठाको ढोका खोल्दैमा यात्रा सहज हुँदैन , हाम्रो प्रयत्न मुल ढोकासँगै साहयक ढोका खोल्ने कि नखोल्ने भन्ने हो ? यो निर्णयसँगै संगठनमा अब भाडाभैलो सुरु हुनेछ किनकी संगठन यथास्थितिवादी र कदम क्रान्तिकारी भएपछि धान्न गार्हो नै हुनेछ । मेरो सुझाब विद्यार्थी संगठन तत्काल परिमार्जन गरियोस भन्ने नै हो । 

  • यो निर्णय आम विद्यार्थीको लागि स्वागत योग्य सुरुवात नै हो । त्रिभुवन विश्वविद्यालयले २८ बर्षको उमेर हदको एउटा नयाँ सुरुवात गरेको छ, यो सुरुवात आम विद्यार्थी र सैक्षिक जगतको लागि एउटा  सम्वृद्धिको ढोका हो । 

लामो समय विद्यार्थी राजनीतिमा लागेर आफ्नो अमुल्य समय र उर्जा अब विद्यार्थीले खर्च गर्नु नपर्ने अवस्था सिर्जना भएको छ । यसले एउटा विधि र प्रकृयाको निर्माण गर्दछ। 

  • आज सम्म बिभिन्न पार्टी अन्तर्गतका विद्यार्थी संगठनका अधयक्ष हेर्नु भयो भने ३५ ,४० बर्ष भन्दा कम  उमेरका कोही छैनन र आफुलाई नेता हुँ भन्न लाज पनि मन्दैनन । 

मानिस जीवनभर विद्यार्थी हुन सक्छ तर विद्यार्थी नेता हुन सक्दैन । विद्यार्थी र विद्यार्थी नेता हुनु फरक फरक बिषय हुन । ४० बर्षमा विद्यार्थी संगठनको अधयक्ष हुँदा हामीमा थोरै लाज सरम र हिनताबोध हुँदैन किनकी हामीमा राजनैतीक सस्कार नै विकसित भएको छैन । 

अब तिनै व्यक्तिहरु पार्टीको नेतृत्व तहमा पुग्दा ५०, ५५ बर्षका हुन्छन अनी नमरुन्जेल पार्टी नेतृत्व छोड्न चाहदैनन , त्यो उनिहरुको बाध्यता हो । यो बाध्यतालाई अब एउटा विधि बनाएर हल गर्नु पर्दछ । स्ववियुमा मात्र होइन अब संगठनमा बहस सिर्जना गर्न जरुरी छ । 

  • त्यो बहसको उठानले नैतीक संकट सिर्जना गरोस । हामीमा नैतीक जग यती कमजोर छ कि त्यसको ब्याख्या नै नगरौं। 

त्रिभुवन विश्वविद्यालयले उमेर हद कायम गरेकै दिन यहाँका विद्यार्थी संगठनलाई नेतृत्व दिएका काकाहरुले संगठन २८ बर्ष मुनीकै विद्यार्थी नेतालाई सुम्पन्छन भन्ने मलाई लागेको थियो तर बिडम्बना त्यो इच्याशक्ति र नैतिक धरातलबाट उठेको नेता कोही रहेनछ ।

त्यो उनीहरुको मात्र कमजोरी होइन , कमजोरी त त्यो धरातल र राजनैतीक संंस्कारर को हो । हामी सिद्दान्त , बिचार र योजनामा बहस गर्छौं अनी रमाउछौ तर त्यो ठुलो बहस चिया गफमै सिमित बनेर कार्यन्वयनमा फिक्का हुनुमा कमजोरी कसको ? समयले सधैं कुर्दैन र एक नाश पनि चल्दैन त्यसैले संगठनमा पनि २६ बर्षको विद्यार्थी नै संगठनको अध्यक्ष हुने बहस र अभियान चलाऊन जरुरी छ । 

हाम्रा विद्यार्थी संगठनका बुढा नेता हरुले लाज र सरमलाई जितेका छन र उनिहरुको नैतिक जगलाई हल्लाउन थोरै समय लाग्छ , त्यो प्रयत्न तपाईं हामी गर्ने कि नगर्ने ? सम्मुनत र सम्वृद्धि नेपाल निर्माण गर्न पार्टी ,संगठन र राज्यमा एउटा विधि स्थापना गर्दै युवाहरुको सहभागीतालाई ब्यापक बनाउन सके राज्य आँफै आमुल परिवर्तनको दिशामा अगाडि बढ्छ । 

सबैभन्दा पहिला विधि निर्माण गरौं र त्यही विधिको जगमा राजनैतीक सन्स्कारको निर्माण हुन्छ । जसरी प्राविधिको बिकास भएको छ, त्यसै गतीमा हामीले राजनैतीक परिपाटी र प्रजातान्त्रिक मन्यतालाई विकशित गर्दै लग्यौं भने मात्र हामी विकासको बाटोमा अगाडि हुनेछौं । 

  • विद्यार्थी राजनीतिको इतिहास परिवर्तन हुँदैछ र यो परिवर्तित इतिहाससँगै तपाईं २८ मुनिका विद्यार्थी नेताले संगठन पनि परिवर्तित गर्दिने कि नगर्ने त्यो तपाईंलाई नै सुम्पेको छ । 

मेरो अनुरोध यतिमात्र हो कि अब विद्यार्थी संगठनका अध्यक्षले नैतीकताका आधारमा राजिनामा दिदै २८ बर्ष मुनीका भाई बहिनीलाई नै संगठनको जिम्मा दिनुस् ,यो राजनैतीक इमान्दारिता पुरा गर्नु भयो भने मात्र तपाईं उदाहरणीय पात्र बन्न सक्नु हुनेछ । 

विद्यार्थी आन्दोलनको इतिहासमा यो नयाँ र उपलब्धीमुलक जीत हो र यो जीतलाई संस्थागत गर्न अब आफ्ना विद्यार्थी संगठनमा पनि २८ बर्षकै अधयक्ष हुनुपर्छ भन्ने बाताबरण श्रीजना गरौ । कसका दारी कती फुले , कसका कपाल कती फुले अब विद्यार्थी राजनितीमा यि कुरा छोड्दिनुस् । 

हरेक संगठनमा संग्लन रहनु भएका २८ बर्षका नेताहरु त्यही भित्र बिद्रोह सुरु गर्नु पर्छ र त्यो बिद्रोहलाई उत्पादक बनाउन जरुरी छ । 

  • नेता हुँ भन्नेहरुको दम्भको मानशिक्ता माथि प्रहार गर्नुस् । 

अब पनि तिनै ४० बर्षका बुढा बुढीलाई विद्यार्थी संगठनको अध्यक्षको रुपमा बुझ्नुहुन्छ भने त्यो तपाईंको कमजोरी हुनेछ र ४० लाख विद्यार्थी जगतमाथि अन्यया हुनेछ । 

अब तपाईं न्यया गर्नु हुन्छ या अन्यया त्यो तपाईं २८ मुनीकै विद्यार्थीको हातमा । अन्त्यमा सम्पूर्ण संगठनमा रहनु भएका २८ मुनिका विद्यार्थी नेताको उज्ज्वल भबिस्यको कामना गर्दछु ।

,

प्रतिकृया दिनुहोस्

Loading...