मेक्सिकोले भन्यो - ट्रम्प पर्खालको खर्च हामी व्यहोर्दैनौं

  • काठमाडौं, १३ माघ ।

अमेरिकाले सीमा क्षेत्रमा बनाउन भनेको पर्खालको खर्च नव्यहोर्ने मेक्सिकोले घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मेक्सिकोको सीमामा पार गर्न नसकिने पर्खाल बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । र, यो पर्खाल बनाउन लाग्ने अर्बौं रकम मेक्सिको सरकारले व्यहोर्नु पर्ने उनले बताएका छन् ।

तर, मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोले पर्खाल बनाउने योजनाप्रति ‘शोक’ व्यक्त गरेका छन् । र, भनेका छन्, ‘मेक्सिको पर्खालमा विश्वास गर्दैन ।’

तर, उनले जनवरी ३१ का लागि तय भएको अमेरिकी राष्ट्रपतिसँगको भेट रद्ध गरेको वा सारेको केही बताएका छैनन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...