ब्युनस एयर्समा रहेको मेस्सीको प्रतिमा तोडफोड

- एजेन्सी, २७ पुस ।
अर्जेन्टिना तथा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको प्रतिमा तोडफोड भएको छ ।
अर्जेन्टिनाको राजधानी ब्युनस एयर्समा रहेको मेस्सीको प्रतिमा तोडफोड भएको हो । गएको जुनमा अनावरण गरिएको कांसबाट बनेको मेस्सीको प्रतिमा किन तोडफोड गरिएको हो भन्ने थाहा भएको छैन । प्रतिमा आधा भाग छैन ।

हात तथा टाउको फालिएको छ । स्थानीय सरकारी अधिकारीले प्रतिमा पुनर्निर्माणको काम तीब्र गतिमा भएको बताएका छन् । मेस्सीको प्रतिमा बबर्रताको सिकार भएको स्थानीय निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्
Loading...