नांगो साबुनको नांगो राजनीति - विज्ञापनको नाममा नेपाली कम्पनीमाथि धावा बोलेको खुलासा

  • इमान्दार मिडिया संवाददाता ।
केहि दिनअगाडी नेपालका ठुला पत्रिकाहरुमा ज्याकेट कभरमा एउटा विज्ञापन देखियो । त्यो पनि सबैजसो पत्रिकामा ।

शीर्षक थियो, 'कतै तपाईको नांगो साबुनमा बोसो त छैन?’ साबुनमा बोसोनै भएको 'ग्राफिक्स' बनाएर उक्त विज्ञापन सबैजस्तो पत्रिकामा छापियो । करोडौं बराबरको खर्च गरेर गरिएको उक्त विज्ञापनले नेपाली कम्पनीमाथि धावा बोलेको खुलासा भएको छ । 

यसकारण बोलियो धावा ! 

उद्योगीका अनुसार साबुनमा केहि मात्रामा बोसो हुनु असामान्य होइन ।'बुनको कच्चा पदार्थको रुपमा बोसोको प्रयोग विश्वव्यापी रुपमा स्वीकृत छ भने सरकारले पनि बोसो आयातमा रोकतोक लगाएको छैन । यस्तो अवस्थामा लुगा धुने साबुनमा बोसो हुन्छ भनेर उपभोक्तालाई आतंकित पार्ने विज्ञापन कहाँबाट, कसले दियो?' 

उद्योगीहरुले गुनासो पोखेका छन् । स्वदेशी साबुनसँग प्रतिष्पर्धा गर्न नसकेर यस्तो अफवा फैलाइएको उद्योगीहरुको दावी छ । 

नियोजित रुपमा उपभोक्ता भड्काइयो - उद्योगी 

'साबुनमा प्रयोग हुने कच्चा पदार्थ बोसो झनै प्राकृतिक हुन्छ । बोसो नभएको साबुन भन्दै स्वास्थ्यमा प्रतिकुल असर गर्ने केमिकलयुक्त साबुन बनाउनेहरुले यस्तो अफबाह फैलाईरहेका छन् । सरकार यसमा चुप बस्नु राम्रो होइन ।' अर्का एक उद्योगीले इमान्दार मिडियासँग भने । 

उनका अनुसार बोसोको प्रयोग औषधिमा पनि हुन्छ । 'पहुँचका आधारमा मिडियालाई दुरुपयोग गर्ने काम भएको छ । नाम नै नभएको साबुनलाइ जनहितका नाममा यसरी बिज्ञापन दिने अधिकार कसले डियो ?' उनले थपे । साबुनमा लेबल, प्याकेजिङजस्ता सामान्य मापदण्ड त हुनैपर्ने हुन्छ । तर बोसोको राजनीति नबुझेका सोझा उपभोक्ताहरुलाई यस्तो विज्ञापनले भ्रममा पारीरहेको छ ।' उनले भने ।

२०७३ माघ १२ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...