माओवादी केन्द्रले केन्द्रीय सदस्य बन्न गरेको प्रस्ताव शिला सिंहद्वारा अस्वीकार

काठमाडाैं, १२ माघ ।
नेकपा (माओवादी) केन्द्रले आफ्नो पार्टीको केन्द्रीय समिति सदस्य बन्न गरेको आग्रहलाई सिला सिंहले अस्वीकार गरेकी छिन् ।
१० बर्षको जनयुद्दबाट शान्ती प्रकृयामा आएपछि नारायण काजी श्रेष्ठको एकता केन्द्रसंग पार्टी एकता गरेर बनेको एकीकृत माओवादी पहिलो संबिधानसभा भङ्ग भएपछि विभाजन भएको थियो ।
विभाजन हुँदा बैद्य नेतृत्वमा बनेको नेकपा-माओवादीमा रहेकी सिंह पुनः राम बहादुर थापा 'बादल' नेतृत्वको टोली प्रचण्डसंग एकता गर्दा बनेको माओवादी केन्द्रले सिंहलाई महाधिवेशन आयोजक समितिमा राखेको थियो ।
माओवादी केन्द्रले उनलाई केन्द्रिय समिति सदस्य प्रस्ताब राख्नुका साथै हाल युरोप साखाको पार्टी समितिमा जिम्मेवारी दिने प्रस्ताब गरेको थियो । उनले एक बिज्ञप्ति जारी गर्दै उक्त प्रस्ताब अस्विकार गरेकी छन् ।
विज्ञप्तिमा भनिएको छ, ' नेपाली कम्युनिष्ट आन्दोलन बिस्तारै दक्षिणपन्थी धारमा पतन भएको छ, यो परिस्थितिमामा यस प्रकारको संशोधनवादी धारामा पतन भएको माओवादी केन्द्र नामधारी पार्टीको केन्द्रीय समितिमा बस्न सकिदैन ।
त्यस्तै सिंहले आफु अब कुनै संशोधनवादी धारमा बिलिन भईसकेको पार्टी भन्दा पनी स्वतन्त्र क्रान्तिकारी धारको नेतृत्व गर्दै साम्यवादी लक्ष लिएर अगाडी बढेको आन्दोलनकारी सबै प्रकारका पार्टीर समूहसंग बहस छलफल अगाडी बढाउने बताएकी छन् ।
सिंहले १९९८ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सदस्य बनेर काठमाडौंबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्
Loading...