पत्रकार महासंघ युएई शाखामा नयाँ नेतृत्व

- युएई, १७ पुस ।
नेपाल पत्रकार महासंघ युएई शाखामा नयाँ नेतृत्व चयन भएको छ । शाखाको शुक्रबार दुबईमा भएको ५ औं अधिवेशनले भूपराज बस्यालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण खनाल तथा सचिवमा मेघराज सापकोटा चयन भएका हुन । महासंघका केन्द्रिय सचिव धुर्ब लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम युएईको बदलिदो परिस्थितीका कारण यसअघिका महाधिवेशनभन्दा गोप्य रुपमा गरिएको थियो ।
नयाँ बनेको कार्यसमितिको सहसचिवमा निर्भिक नारायण भूर्तेल तथा कोषाध्यक्षमा दिनेश आचार्य तथा कार्यसमितिको सदस्यहरुमा मोहन बस्याल, दामोदर दाहाल, खिमलाल पाण्डे तथा निमाकान्त पाण्डे चयन भएका छन् ।
स्याङ्जा गल्याङ स्थाई घर भएका बस्यालले बुटवलबाट प्रकाशन हुने लुम्बिनी दैनिकबाट डेढ दशक अघिबाट आफ्नो पत्रकारिता यात्रा सुरु गरेका हुन् । नेपाली पत्रकारितामा सक्रिय उनले शाखाको पहिलो कार्य समितिकै सिफारिसमा सदस्यता लिएर युएईबाट पत्रकारिता गरिरहेका छन । अधिवेशनले विनोद श्रेष्ठ क्रान्ति तथा हरि नेपालीलाई केन्द्रीय प्रतिनिधिको रुपमा चुनेको छ ।
नब निर्वाचित कार्यसमितिको पहिलो बैठकले सल्लाहकार मनोनयन गर्ने र भावी कार्ययोजना बनाएर अघी बढ्ने नव निर्वाचित अध्यक्ष बस्यालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...
