यी हुन् अन्तराष्ट्रिय खेलमा सफलता हात पार्ने न्यु जेन ताल्छीखेल डोजाङ्गका खेलाडी (फोटो फिचर)
- काठमाडौँ २० पुस ।
नेपालमा पछिल्लो चरण खेल क्षेत्रमा एक पछी अर्को विकास भइरहेको छ । खेल जगतमा निकै पछि मानिएको नेपाल अहिले खेल क्षेत्रमा अगाडी बढिरहेको छ ।
गत डिसेम्बर २८ र २९ मा भारतको कोलकातामा सम्पन्न अन्तराष्ट्रिय (1st T.I.A INTERNATIONAL TAEKWONDO CHAMPIONSHIP) प्रतियोगितामा नेपालले सहभागिता जनाएको थियो।
नेपालका तर्फबाट न्यु जेन ताल्छीखेल डोजाङ्गको टोलीले उक्त खेलमा सहभागिता जनाएको जनायो । २ दिनसम्म चलेको खेलमा जापान, कोरिया, इन्डोनेसिया, भारत, बंगलादेश, नेपाल, थाइल्याण्ड लगायतका देशहरुको सहभागिता रहेको थियो ।
भारतका ५०० र अरु देशबाट ४०० गरी ९०० खेलाडीहरुको सहभागिता रहेको खेलमा नेपालका तर्फबाट भने १४ जना खेलाडी सहभागी भए ।
नेपालका तर्फबाट सहभागी १४ मध्य ११ जना खेलाडीले पदक प्राप्त गरेका थिए । नेपालमा नै अत्याधुनिक प्राविधियुक्त र सुबिधासम्पन्न हलमा प्रशिक्षण दिएर खेलाडीलाई सो प्रतियोगितामा सहभागि गराइएको प्रशिक्षक प्रविन थापाले इमान्दार मिडियालाई जानकारी दिएका छन्।
को-कसले पाए पदक ?
पदक पाउनेहरुमा ताल्छीखेल डोजाङ्गका तर्फबाट प्रतियोगितामा सहभागी खेलाडीहरु दिक्षा कार्की, रुबिना घले, जेनिश सिन, गायोन सिन, प्रकाश, सिमोन सुनुवार, पवन राइ, रिजों रिमाल, आरदोक ओझा, निता गुरुङ्ग, शिशिर श्रेष्ठ , राज थापा, जेसङ्ग रहेका छन् ।
वेस्ट कोच र वेस्ट टिमको उपाधि
न्यु जेन ताल्छीखेल डोजाङ्गका प्रमुख प्रविन थापाका अनुसार उक्त खेलमा नेपालका तर्फबाट सहभागी टीमले वेस्ट कोच र वेस्ट टीमको उपाधि पाउन सफल भएको हो।
न्यु जेन ताल्छीखेल डोजाङ्गका प्रमुख प्रविन थापाका अनुसार उक्त खेलमा नेपालका तर्फबाट सहभागी टीमले वेस्ट कोच र वेस्ट टीमको उपाधि पाउन सफल भएको हो।
नेपालका तर्फबाट रोशन खान र मास्टर सिन छवाहो हान सम्मानित भएका थिए । (मास्टर सिन छवाहो हान ) कोरियाली नागरिक हुन् ।
जो ३ बर्षदेखी नेपालमै बसेर तेक्वान्दो खेल विकासका लागी आफ्नो समय खर्च गरिरहेका छन् । उनि ललितपुरका विभिन्न स्कुल, कलेज र क्लबहरुमा तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत समेत छन् ।
बिरलै पाइने अवसर पायो नेपालले
उक्त खेलमा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा बिरलै पाइने अवसर पनि नेपालले पाएको छ। त्यो के भने न्यु जेन ताल्छीखेल डोजाङ्गरहेका प्रमुख रहेका प्रविन थापाले उक्त प्रतियोगितामा अन्तराष्ट्रिय रेफ्रीको भूमिका निभाउने अवसर पाएका थिए।
नेपालको तर्फबाट खेलमा प्रतिनिधित्व गर्ने एक मात्र अन्तराष्ट्रिय रेफ्रीको जिम्मेवारी निभाउने अवसर प्रविन थापाले पाएका हुन्।
यसरी अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा समेत भाग लिएर पदक हात पार्नु भनेको नेपालको तेक्वान्दो खेल क्षेत्रमको विकासमा ठुलो सहयोग हुने थापाको भनाइ छ ।
अहिले सम्म अरु खेलहरु भन्दा पछाडि मानिएको तेक्वान्दोमा एक पछी अर्को विकास गर्दै न्यु जेन ताल्छीखेल डोजाङ्गले ठुलो सफलता कायम गर्दै अगाडी बढिरहेको थापाको जिकिर छ ।
हेर्नुहोस तस्बिरहरु
![]() |
| भारतमा भएको 1st T.I.A INTERNATIONAL TAEKWONDO CHAMPIONSHIPमा रेफ्रीको भूमिकामा प्रविन थापा |
![]() |
| भारतमा भएको 1st T.I.A INTERNATIONAL TAEKWONDO CHAMPIONSHIPमा सहभागी टिम |
![]() |
| भारतमा भएको 1st T.I.A INTERNATIONAL TAEKWONDO CHAMPIONSHIPमा सहभागी नेपाली टोली |
![]() |
| भारतमा भएको 1st T.I.A INTERNATIONAL TAEKWONDO CHAMPIONSHIPमा सहभागी नेपाली टोली |
न्यु जेन ताल्छीखेल डोजाङ्गका खेलाडीहरु
|
न्यु जेन ताल्छीखेल डोजाङ्गका खेलाडीहरु
|
न्यु जेन ताल्छीखेल डोजाङ्गका खेलाडीहरु
|
खेलाडीहरुका साथमा मास्टर सिन छवाहो हान र प्रविन थापा
|
खेलाडीहरुका साथमा मास्टर सिन छवाहो हान र प्रविन थापा
|
खेलाडीहरुका साथमा मास्टर सिन छवाहो हान र प्रविन थापा
|
खेलाडीहरुका साथमा मास्टर सिन छवाहो हान र प्रविन थापा
|
खेलाडीहरुका साथमा मास्टर सिन छवाहो हान र प्रविन थापा
|
प्रतिकृया दिनुहोस्
Loading...




