अमेरिकी राष्ट्रपति ट्रम्पको खानपान यस्तो छ
एजेन्सी, १२ माघ
शुक्रबार सपथ लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य बारेमा बारम्बार टीका टिप्पणी हुने गर्छ । अहिलेसम्मकै अमेरिकाका पाका राष्टपति ट्रम्प आफू स्वस्थ भएको दाबी गर्दै आएका छन् । उनका चिकित्सकले पनि ट्रम्पको दाबीलाई अनुमोदन गरेका छन् ।
६ फुट तीन इन्च उचाई भएका ट्रम्प उमेरको तुलनामा तौल बढी छ । ७० वर्षीय ट्रम्पको खानपिन समान्य छ । औषत अमेरिकीले जे खान्छन राष्ट्रपति ट्रम्पले पनि त्यही खान्छन् ।
फास्ट फुडका पारखी ट्रम्प म्याक डोनल्ड, केएफसी र विन्डीले तयार गरेका खानेकुरा खान्छन् । यी खानेकुरा अत्यधिक सुरक्षित र सफा हुने उनको तर्क छ । उनले उच्च फाइभरयुक्त खानेकुरा मन पराउँछन् । उनी चुरोट र मदिरा पिउदैनन् । ट्रम्प चिजलगायत चिल्लो पर्दाथ खाँदैनन् ।
पूर्व राष्ट्रपति बाराक ओबामा बदाम र नट निकै खान्थे । स्वास्थ्यप्रति सचेत ओबामा फलफूलमा स्याउ अत्याधिक मन पराउँथे । त्यही भएर ओभल अफिसका ठूला–ठूला टोकरी स्याउले सजाइन्थ्यो । तर, राष्ट्रपति ट्रम्पको फलफूलप्रति खासै रोजाई छैन । जे देख्यो त्यही खाइदिन्छन् ।
उनी प्रशस्त डाइट कोक पिउँछन् । स्नाक्सहरुमा उनलाई आलु चिप्स असाध्यै मन पर्छ । त्यही भएर होला उनको उद्घाटन समारोहपछि ह्वाईट हाउसको किचनमा चिप्स राखिएको थियो । ट्रम्पको मन पर्ने खाना मिटलोफ हो । जन्म दिनमा ट्रम्पकी बहिनीले उनलाई प्राजयजसो मिटलोफ तयार गर्छिन् । राष्ट्रपति ट्रम्पको किचनका सेफहरु ओबामाले नियुक्त गरेका सेफहरु नै छन् । उनले चाहे भने सेफहरु परिवर्तन हुनेछन् । मुख्य सेफ भने पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको समयमा नियुक्त भएका व्यक्ति हुन् ।
प्रतिकृया दिनुहोस्
Loading...