बजार परिसूचक नेप्से घट्यो
काठमाडौँ, १२ माघ
आज बुधबार बजार परिसूचक नेप्से घटेको छ भने अघिल्लो दिनको तुलनामामा कारोबार रकममा बढेको छ । बुधबार बजार परिसूचक नेप्से ३६ दशमलब ३८ अंकले घटेर १३९६ दशमलब ६१ को बिन्दुमा पुगेर रोकिएको छ भने १७ लाख ४ हजार कित्ता सेयर खरिद बिक्रिबाट ५९ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
प्रभु बैंकको संस्थापक शेयर मात्रै १७ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा एसियन लाइफ इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड , नेपाल बंगलादेश बैंक, प्रभु बैंक रहेका संस्थापक शेयर, प्रभु बैंक रहेका छन।
बुधबारको कारोबारमा उत्पादन समुह बाहेक सबै सूचकहरु घटेका छन। जसमा बैंकिंग समुह ३६.१४ अंकले घटेको छ भने बिमा समुह २६७.४१ अंकले ओरालो लागेको छ । त्यस्तै बुधबारको कारोबारमा कमाउनेमा गरिमा विकास बैंक, युनिलिभर नेपाल, कुमारी बैंक , एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् ।
गुमाउनेमा राष्ट्रिय बिमा कम्पनी, नेरुदी लघुवित्त विकास बैंक, बरुण हाइड्रो, सगरमाथा फाइनान्स, राष्ट्रिय बिमा कम्पनीका संस्थापाक शेयर लगानीकर्ता रहेका छन् ।
बैंकहरुले कर्जा प्रवाह करिब करिब रोक्का गर्ने तथा अनुत्पादक क्षेत्रमा प्रवाह गरेको ऋण रिकभरीमा लाग्ने संकेत देखिदा त्यसको प्रभाब सेयर बजारमा सेमत देखिएको छ। एकतर्फ बजार अझै घटेर मार्जिन कलको चेपुवामा पर्ने डर र अर्कातर्फ लगानीकर्ताहरु बैंकहरुले उपलब्ध गराएको १३ प्रतिशत ब्याजमा आकर्षित हुँदा सेयरको आपूर्ति बढेर बजारले ओरालो बाटो लिएको आंकलन गरिएको छ ।
यद्दपी बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंक तत्कालको तरलता ब्यवस्थापनमा लागेकाले यो समस्या समाधान हुने अपेक्षा गरिएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्था ऋण रिकभर तर्फ लाग्दा सेयर लोनमा पनि ब्याज बढ्ने हो कि भन्ने मानसिकता बनाएर लामो समयदेखि होल्ड गर्दै आएका लगानीकर्ताहरुले समेत घटेर नै सेयर बेच्दा सेलिंग प्रेसर बढेको जनाइएको छ।
प्रतिकृया दिनुहोस्
Loading...