सुदूरपश्चिम सेवा समाज बहराइन गठन
बैदेशिक रोजगारीको शिलशिलामा बहराइनमा कार्यरत सुदूरपश्चिमवासीहरुले सुदूरपश्चिम सेवा समाज बहराइन गठन गरेका छन् ।
बहराइनमा रहेका नेपालीहरुलाई अाई पर्ने समस्या र नेपालमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सकिदो सहयोग गर्ने मुख्य उद्देश्यका साथ बहराइनको मनामा मा २७ जनवरी २०१७ शुक्रबारका दिन बसेको बैठकले उमेश जोशीको अध्यक्षतामा १६ सदस्यिय समिति गठन गरेको छ ।
जसको प्रथम उपाध्यक्षमा पदम खड्का दित्तिय उपाध्यक्षमा गीता नेपाली महासचिब दीपेन्द्र चन्द, सचिब बिसाल भण्डारी, कोषाध्यक्ष भान सिंह ठगुन्ना, र सह-कोषाध्यक्ष सुर्जन बोगटी रहेका छन् ।
नवगठित समाजका अध्यक्ष जोशीले छिट्टै बहराइनमा रहेका सबै सुदूरपश्चिमबासीहरुलाई समाजमा जुड्न अनुरोध गरेका छन्, भने बहराइनको हरेक प्रान्तमा कार्यरत सुदूरपश्चिमवासीहरुलाई एकताको सुत्रमा बाध्ने उक्त महान अभियानमा कोहि पनि छुट्न नहुने समाजका प्रथम उपाध्यक्ष पदम खड्काले बताए ।
समाजको सदस्यहरुमा पदम ओखडा ( बाजुरा ), मान बहादुर सुनार ( कञ्चनपुर ), वीर सिंह उडाल ( दार्चुल्ला ), पुरुशोतम भट्ट ( कञ्चनपुर ), दीपेन्द्र चन्द ( दार्चुल्ला ), रमेस ठगुन्ना ( बैतडी ), ईन्द्र बिष्ट ( कञ्चनपुर ), बिक्रम चन्द ( दार्चुल्ला ), मान बहादुर चन्द ( बैतडी ) रहेका छन् ।
- मान बहादुर के.सी. ‘मुस्कान’ को सहयोगमा
प्रतिकृया दिनुहोस्
Loading...