देश नै ध्रुवीकरणमा जाने खतरा देखेपछि मैले प्रधानमन्त्री स्वीकार गरेको हुँ - प्रचण्ड


  • काठमाडौं, २० पुस ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावसम्बन्धि सर्वोच्चकोआदेशले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको बताएका छन् ।

बुधबार रिपोटर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सर्वोच्चको आदेशले दलहरुलाई राजनीतिक सहमतिका लागि प्रेरित गरेको छ ।

मैले सहमतिका लागि कोशिस गरिरहेको छु ।’ उनले थपे, प्रतिपक्षी दलले सदन खुलाउने र मधेशी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेको छ । अब छिट्टै राजनीतिक सहमति जुट्छ ।’

संविधान कार्यान्वयन सरकारको मूख्य प्राथमिकता रहेको भन्दै उनले प्रधानमन्त्री प्रचण्डले भने, ‘देश नै ध्रुवीकरणमा जाने खतरा देखेपछि मैले प्रधानमन्त्री स्वीकार गरेको हुँ । म प्रधानमन्त्री हुँदा नै मधेशी, थारु,जनजाति, कांग्रेस, एमालेलाई पनि सहमतिमा ल्याउन सकिन्छ भन्ने देखेर नै म यहाँ छु । हिमाल, पहाड र तराईलाई एकतावद्ध गर्ने मेरो संकल्प छिटै पुरा हुन्छ ।’

सरकार राजनीतिक मुद्धाका साथै विकासका काममा केन्द्रित भएको भन्दै उनले ‘राजनीतिक विवादमा अल्झिँदा विकासका मुद्धा ओझेलमा परेको बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...