पुस २४ भित्र सहमति जुटाउन प्रधानमन्त्रीलार्इ सभामुखकाे अाग्रह




  • काठमाडौं, २० पुस । 

सभामुख ओनसरी घर्तीले बुधबार बिहानै बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी छिन् । 

बिहान साढे ७ बजेतिरै प्रधानमन्त्री निवास बालुवाटार पुगेकी सभामुखले पुस २४ गतेसम्म संसद स्थगित भएको समयमा दलहरुवीच सहमति जुटाउन प्रधानमन्त्रीलाई आग्रह गरेकी छिन् ।

सभामुख ओनसरी घर्तीले अन्य दलका प्रमुख नेताहरुलाई मंगलबार नै भेट गरिसकेकी थिइन् । प्रधानमन्त्री पूर्वी नेपालको भ्रमणमा गएका कारण सभामुखले भेट्न नपाएकाले बुधबार बिहान भेट गरेको सभामुखको सचिवालयले जानकारी दिएकाे छ ।

बालुवाटारमा बुधबार बिहान भएको भेटमा सभामुख घर्तीले प्रधानमन्त्री प्रचण्डलाई सरकारको नेतृत्वकर्ताको हैसियतले दलहरुवीच सम्वाद गरी सहमति खोज्न आग्रह गरिन् ।

सभामुखको आग्रहपछि प्रधाानमन्त्री प्रचण्डले आजैदेखि सहमति खोज्न लागिपर्ने बताएका थिए ।

सभामुखले सहमति जुटाउन विभिन्न दलका नेताहरुसँग गरिरहेको छलफल र प्रयासलाई सकारात्मक भन्दै प्रधानमन्त्रीले प्रशंसा गरेका थिए ।

सर्वोच्च अदालतले संविधान संशोधन प्रस्ताव अघि बढाउन बाटो खोले पनि एमालेले संसदमा गरेको अवरोध कायमै राख्दा मंगलबार संसदको बैठक सुचारु हुन सकेन । अब अर्को बैठक पुस २४ गते बोलाइएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...