सांसद रामहरीको खल्तीमा कसरी पर्‍याे अर्काको १४ लाखको घडी ?


  • इमान्दार मिडिया संवाददाता ।
काठमाडौँ २४ पुस । 

नेपाली कांग्रेसका युवा नेता तथा सांसद रामहरि खतिवडाको खल्तीमा अर्काको १४ लाख पर्ने रोलेक्स घडी भेटिएपछी यतिबेला समाजिक सञ्जाल र नेपाली मिडियामा उनको खुब चर्चा चलेको छ।

यसबारेमा इमान्दार मिडियाले सांसद रामहरी खतिवडासंग कुराकानी गरेको छ। उनले हामीसंग गरेको कुराकानी र अरु मिडियामा आएको समाचार पनि विवादास्पद देखियो ।

उनले फरक-फरक मिडियासँग फरक-फरक प्रतिक्रिया दिएका छन । हामीले यसबारेमा बिस्तृत समाचार टिप्पणी प्रस्तुत गर्ने प्रयास गरेका छौ ।

सांसद खतिवडामाथी घडी चोरेको आरोप !

सांसद खतिवडाको खल्तीमा भेटिएको रोलेक्स घडी उनले चोरेको आरोप लागेको छ । सांसद खतिवडामाथि लाजिम्पाटस्थित पाँचतारे होटल र्‍याडिसनको जिम क्लबबाट पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबलको १४ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने घडी चोरेको आरोप लागेको हो ।

घडी हराएपछि होटल र्‍याडिसनमा हल्लीखल्ली..

घडी हराएपछि बुधबार बिहान होटल र्‍याडिसनमा हल्लीखल्ली मच्चियो। पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबलको १४ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने घडी हराएपछि हल्लीखल्ली नमच्चिने कुरै भएन । 

यति महँगो घडी हरायो त्यो पनि प्राय भिआइपी मात्र आउ जाउ गर्ने होटलमा । त्यसपछि घडी हरायाे, खाेजिदिनुपर्याे भन्दै गुरुङ उजुरी दिन दरबारमार्ग प्रहरीकहाँ पुगे। प्रहरीले अनुसन्धान सुरु गर्यो। 

प्रहरी भन्छ, त्यो दिन र्‍याडिसनमा जम्मा आठ जना मात्र आएका थिए 

दरबार मार्गस्थित प्रहरी स्रोतका अनुसार त्यस दिन हेल्थ क्लबमा गुरुङसहित जम्मा आठ जना व्यक्ति आएका थिए। प्रहरीले अनुसन्धानका निम्ति भन्दै हातका औंलाको छाप लिन पालैपालो सबैलाई डाक्यो। 

त्यही क्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडासँग पनि सम्पर्क गर्यो। ‘माननीयज्यू, हामीकहाँ प्रबल (गुरुङ) जीको घडी हराएको उजुरी परेको छ, तपाईं पनि त्यस दिन र्‍याडिसन क्लब जानुभएकाले फिङ्गर प्रिन्टको निम्ति यहाँ आइदिनुपर्यो,’ दरबारमार्गका प्रहरी अधिकारीले खतिवडासँग सम्पर्क गरे। ‘म त अहिले ओखलढुंगामा छु, फर्केपछि आउँला,’ खतिवडाले जवाफ दिए। ओखलढुंगाका निर्वाचित सांसद खतिवडा नियमित रूपमा र्‍याडिसन क्लब जाने गरेका थिए।

खतिवडा भन्छन् प्रहरीले मलाई फोन नै गरेन !

इमान्दार मिडियासंगको प्रतिक्रियाका क्रममा सांसद खतिवाडाले प्रहरीकहाँ उजुरी परे नपरेकोबारे आफुलाई जानकारी नभएको बताएका छन् । उनले भने 'प्रहरीले मलाइ फोन नै गरेको छैन । दरबार मार्गको प्रहरीले मलाइ फोन गरेर सोध्यो भन्ने समाचार निराधार हो ।'

केही मिडियाले आफुलाई प्रहरीले फोन गरेर जानकारी मागेको र त्यसको केही बेरपछि नै खतिवडा आफैंले फोन गरी ‘खै कसरी हो, घडी त मेरै ट्राउजरमा पो रहेछ, म ल्याइदिन्छु है’ भन्दै खबर गरेको प्रहरी स्रोतले बतायो भन्दै झुट समाचार छापेको बताएका छन् ।

नियतबस फसाउन खोजियो !

सांसद खतिवडाले आफुले घडी ‘चोरेको’ भन्ने हल्ला निराधार भएको दाबी गर्दै आफूलाई फसाउन षड्यन्त्र भएको जिकिर गरे। उनले आफू भ्रष्टाचारविरुद्ध लड्ने मान्छे भएको भन्दै भ्रष्टहरुले चरित्र हत्या गर्न घडी प्रकरणमा फसाएको बताए । 

पूर्वसेनापति छत्रमानसिंह गुरुङको छोराको रोलेक्स घडी कसैले फसाउनकै लागि आफ्नो खल्तीमा हालिदिएको र आफूले इमान्दारितापूर्वक फिर्ता गर्दा पनि अनेकन टिकाटिप्पणि भएको भन्दै आक्रोश व्यक्त गरे । उनले भने ‘कसैले नियतवश मेरो खल्तीमा घडी राखिदिएको हो। मेरो चरित्रहत्या गर्ने काम भएको छ। यसबारे थप अनुसन्धान गर्न म प्रहरीसँग अनुरोध गर्छु।'

भेटेको ४ दिनपछि खतिवडाले होटेलमा गएर फिर्ता गरे घडी 

सांसद खतिवडाले आफ्नो ट्राउजरको खल्तीमा भेटिएको घडी ४ दिनपछि आफुले होटेल र्‍याडिसनमा गएर फिर्ता गरेको इमान्दार मिडियासंगको प्रतिक्रियामा बताएका छन्। 

गुरुङ्गको घडी आफ्नो ट्राउजरको खल्तीमा परेको दिन आफु खलढुंगा गएको र काठमाडौँ फर्किन बितिकै आफुले उक्त घडी होटलको रिसेप्सनमा गएर फिर्ता गरेको उनकाे भनार्इ छ।

खतिवडाले पत्रकार सम्मेलन गरेरै भने घडी मसंग छदैछ चोर्नुपर्दैन !

सांसद खतिवडाले पत्रकार सम्मेलन गरेर भने मलाई जिउँदै मार्ने षड्यन्त्र भयो, मैले घडी चोर्नु पर्दैन , मैले पनि घडी लगाइएको छु ’, घडी प्रकरण सामाजिक सञ्जालमा भाइरल हुँदै गएपछि आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर खतिवडाले भने, ‘ सडकमा माननियहरु चोर हुन् भन्न थालिएको छ । 

विभिन्न मिडियामा खतिवडाको अलग-अलग प्रतिक्रिया  

यसैबीच घडी प्रकरणबारे सांसद खतिवडाले विभिन्न मिडियालाई दिएको प्रतिक्रियामा फरक फरक भनाई व्यक्त गरेका छन् । उनले केही मिडीयालाई दिएका फरक फरक बयानका केही बुदाहरु हामीले यहाँ जस्ताकाे त्यस्तै राखेकाे छाैंं ।

खतिवडाले सेतोपाटी डटकमलालाई दिएको प्रतिक्रिया यस्तो छ

  • ‘म ओखलढुंगामा थिएँ, दरबारमार्ग प्रहरीले प्रबलजीको घडी हराएकाले हजुर एकचोटि आइदिनुपर्यो भन्दै सम्पर्क गरेको हो,’
  • त्यस दिन म हतार–हतार क्लबबाट निस्किएकाले घडी ट्राउजरमा कसरी पर्यो थाहा हुन सकेन ‘मलाई त्यसै दिन ओखलढुंगा जानु थियो, म हेल्थ क्लब जाँदा लगाएर गएको कपडा फुकालेर अर्को लगाएर त्यहीँबाट ओखलढुंगाका लागि निस्केँ,’ 
  • ‘बिहीबारसम्म केही थाहा भएन, कार्यक्रममै व्यस्त रहेँ। शुक्रबार दिउँसो ट्राउजर हेर्दा पो खल्तीमा घडी देखेँ।’ आफ्नो खल्तीमा अर्काको घडी देखेपछि तुरुन्तै र्‍याडिसन होटलको क्लबमा भेट्ने साथी सीमान्त गुरुङलाई फोन गरे। 
  • सीमान्तले नै प्रबलको घडी हराएको जानकारी दिएका थिए। ‘काठमाडौं फर्किनेबित्तिकै होटलको रिसेप्सनमा गएर घडी फिर्ता गरेँ,’
उनले सेतोपाटीलाइ दिएको प्रतिक्रियासहितको (सांसद खतिवडाको खल्तीमा अर्काको १४ लाख पर्ने घडी परेपछि...) सिर्शकको पूर्ण समाचार यहाँ छ ।

खतिवडाले अनलाइन खबर डटकमलाइ दिएको प्रतिक्रिया यस्ताे छ

  • बुधबार बिहान र्‍याडिसनको क्लबमा नुहाइ-धुवाइ गरियो र लुगा लगाएर हिँडियो । दिउँसो १२-१ बजे उपत्यका बन्द थियो । म त्यसैदिन जिल्ला जानुपर्ने थियो । त्यसैले गाडीमा आवश्यक लुगाफाटो लिएर म ओखलढुंगातिर लागें ।
  • जिल्लामा पुगेपछि भोलिपल्ट बिहिबार बिहान लुगा फेर्ने क्रममा गोजीभित्र एउटा घडी फेला पर्‍यो । मेरो आफ्नो घडी साथैमा थियो ।
  • मैले क्लबबाट बाहिरिँदै गर्दा त्यहाँ घडी हरायो भन्ने चर्चा सुनेको थिएँ । एक व्यक्ति – जसलाई मैले चिनेको छु) ले चिन्ता गर्नुपर्दैन त्यो घडी भेटिन्छ भनेको पनि मैले सुनेको थिएँ ।
  • बिहान घडी मेरो लुगाको गोजीमा फेला परेपछि मैले सीमान्त गुरुङलाई फोन गरें । उनले फोन रिसिभ गरेनन् । फोन स्वीच्ड अफ भन्यो । त्यसपछि एसएमएस पठाएँ । त्यसको पनि कुनै रिप्लाइ आएन ।
अनलाइन खबर डटकममा प्रकाशित (सांसद खतिवडा भन्छन्- श्रीमतीको सरुवा नमिलाइदिँदा घडी चोरको आरोप लाग्यो) सिर्शकको पूर्ण समाचार यहाँ क्लिक गरी पढ्नुहोस  ।

यसरी उनले केही मिडियाहरुलाइ दिएको भनार्इ पनि फरक-फरक पर्नुले भने केही आसंका उत्पन्न भएको छ ।

हामीलाई फलो गर्नुहोस  


, ,

प्रतिकृया दिनुहोस्

Loading...