लोकमानलाई कालोमोसो दल्ने युवा छुटाउन क्रान्तिकारीको विरोध शभा, २६ गते शैक्षिक हड्ताल


  • इमान्दार मिडिया संवाददाता
  • काठमाडाैं , २४ पुस । 
सर्वोच्च अदालत परिसर भित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने कार्यकर्ताको रिहाइको माग गर्दै विपलव नेतृत्वको नेकपा (माओवादी) निकट अखिल(क्रान्तिकारी) ले आज देशभर प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यकासहित, पोखरा, बुटवल, चितवन, हेटौंडा, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज, बीरगंज, विराटनगर लगाएत देशैभर प्रदर्शन गरिएको अखिल (क्रान्तिकारी) का उपत्यका संयोजक लोकेश विश्वकर्माले बताए ।

काठमाडाैंमा भएकाे विराेधसभालार्इ सम्बाेधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष पूर्ण सिंहले याे अान्ददाेलन दलाल, भ्रष्टहरुको बिरुद्धमा भएको भन्दै निरन्तर जारी रहने बताए ।

उनले भने, 'अखिल (क्रान्तिकारी) सबै ठाउँमा भएका दलालहरूको अन्त्य गरी नेपाललाई समुन्नत  राष्ट्र बनाउन चाहन्छ। त्यसै अभियानमा लागेका हाम्रा २ केन्द्रीय सदस्यहरुको तत्काल रिहाइ होस् ।'

उता पाेखरामा भएकाे सभालाई सम्बोधन गर्दै गण्डक व्युरो प्रमुख प्रकाश बिकले आफ्ना सहयोद्दालाई तुरुन्त बिना सर्त रिहाईको माग गरे। 'लोकमान सिह मात्र होइन देशलाई लुटेर खोक्रो बनाउने जो सुकै दलाललाई माओवादीले छाड्दैन ।'  उनले भने, 'शैक्षिक माफियाहरुको समेत अखिल (क्रान्तिकारी) ले कारवाही गर्न लिस्ट तयार पारेको छ ।' 

क्रान्तिकारीका केन्द्रीय सदस्यहरु चन्द्र बुढा र प्रकाश शाहीले अदालत भित्रै कार्कीमाथि कालोमोसो दलेका थिए । उनीहरुलाइ अदालत परिसरबाटै पुस ७ गते पक्राउ गरिएको थियो । 

प्रहरीले अदालतकोअबहेलना तथा सार्वजनिक अपराधको मुद्दा चलाइएको छ । क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सिंहले शुक्रबार बिज्ञप्ती जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका थिए। 

आन्दोलननको कार्यक्रम अनुसार पुस २६ गते शैक्षिक हड्ताल गर्ने अखिल(क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा कास्की उपाध्यक्ष आश गुरुङ्ले बताए।

यसैबीच सर्वोच्च अदालतले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की पदमुक्त भएको फैसला सुनाएको छ ।

न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजशासको इजलासले आइतबार अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गर्दै यसअघिको फैसला खारेज गरेको छ ।

यो पनि पढ्नुहोस्

अख्तियार प्रमुखबाट लोकमानसिंह आउट, योग्यता पुगेकालाई नियुक्त गर्न सर्वोच्चको परमादेश

हामीलाई फलो गर्नुहोस  


,

प्रतिकृया दिनुहोस्

Loading...