सीएनएनको उत्कृष्ट पाँच बुटिक सूचीमा परे यी नेपाली रोसोर्ट

- काठमाडौं, २२ पुस ।
सूचीकृत रिसोर्टमा पहिलोपटक चितवनको बराही जंगल लज पनि परेको छ । भूकम्पपछि नेपालका पुरातात्विक सम्पदाहरुमा क्षति पुगेको र पर्यटन उद्योग पनि थला परेको अबस्थामा मौलिक आर्किटेक्ट सहित निर्माण गरिएका यी बुटिक होटलले पर्यटन प्रर्बद्धनमा ठूलो भूमिका खेल्ने उल्लेख गरिएको छ ।
हाल भारतको पगदुन्दी समूहले ब्यबस्थापन गरिरहेको यो होटल चितवनमा स्थापित लक्जरी रिसोर्टमध्ये एक हो । चितवन राष्ट्रिय निकुञ्जको छेवैमा रहेका कारण बाराहीबाटै गैंडा लगायतका बन्यजन्तु आँखै अगाडी देख्न सकिन्छ ।
सूचीमा काठमाण्डौको द्वारिका होटल, भक्तपुरको हेरिटेज होटल, पोखराको द प्याभिलियन हिमालय र पाटनको स्वथा ट्रेडिसनल होम पनि परेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...
